Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558
logo

बिहिबार, २५ भाद्र २०८३

बिहिबार, भाद्र २५ २०८३

राष्ट्रपतिसमक्ष दुई संवैधानिक आयोगले गरे वार्षिक प्रतिवेदन पेश

राष्ट्रपतिसमक्ष दुई संवैधानिक आयोगले गरे वार्षिक प्रतिवेदन पेश


  • शनिबार, असोज २७ २०८०
  • 910
    SHARES

    राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय महिला आयोग र मधेसी आयोग गरी दुई आयोगको प्रतिवेदन पेस भएको छ ।

    राष्ट्रपति कार्यालय शीतलनिवासमा शुक्रबार आयोजित छुट्टाछुट्टै कार्यक्रममा राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले आयोगको १६औँ वार्षिक प्रतिवेदन र मधेसी आयोगका अध्यक्ष डा विजयकुमार दत्तले आयोगको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    राष्ट्रिय महिला आयोगको जिम्मेवारी महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणसँग सम्बन्धित रहेको बताउँदै राष्ट्रपति पौडेलले धेरै प्रयास गर्दा पनि निर्णय तहमा महिलाको प्रतिनिधित्व सन्तोषजनक नभएको बताए ।

    “जीवनका अन्य महत्वपूर्ण क्षेत्रमा महिलाको उपस्थिति र योगदानलाई अझ प्रभावकारी बनाउनुपर्छ, आगामी दिनमा आयोगको कार्यसम्पादन अझ प्रभावकारी हुनेमा म विश्वस्त छु,” पौडेलले भने ।

    राष्ट्रपति पौडेलले गाउँका पिछडिएका महिलाको जीवनस्तर उकास्न सामाजिक अभियान चलाउनुपर्नेमा जोड दिनुपर्ने बताए  ।

    त्यसैगरी मधेसी आयोगको प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति पौडेलले सिंगो राष्ट्रजस्तै मधेसमा पनि भाषिक र सांस्कृतिक विविधता रहेको उल्लेख गरे ।

    प्रकाशित : शनिबार, २७ असोज २०८० , ०९:५४ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend