Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558
logo

बिहिबार, २५ भाद्र २०८३

बिहिबार, भाद्र २५ २०८३

नवनियुक्त मुख्यमन्त्री कार्कीले मध्यावधि चुनाव रोक्ने

नवनियुक्त मुख्यमन्त्री कार्कीले मध्यावधि चुनाव रोक्ने


  • आइतबार, असोज २८ २०८०
  • 546
    SHARES

     

    कोशी प्रदेशका नवनिर्वाचित मुख्यमन्त्री केदार कार्कीले प्रदेशमा मध्यावधि निर्वाचन हुन नदिन कोशी प्रदेशमा वर्तमान सरकार गठन गरिएको बताए । शनिबार कोशी प्रदेश प्रमुख परशुराम खापुङबाट नियुक्ति पत्र ग्रहण गरेपछि पत्रकारसँग कुरा गर्दै कार्कीले जनतामा विकास र समृद्धिको आशा जगाउन प्रदेशसभा सदस्यको संयुक्त प्रयासमा सरकार गठन भएको बताए ।

    मुख्यमन्त्री कार्कीले नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम बनेको सरकारलाई नेपाली कांग्रेसले सकारात्मक रुपमा लिने विश्वास व्यक्त गरे । कार्कीले संविधान र कानुनले मुख्यमन्त्रीलाई दिएको अधिकार प्रयोग गरी जनताको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    उनले सपथ लिएपछि मन्त्रिपरिषद् गठन हुने बताए । यसैबीच कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले पदबाट राजीनामा दिएका छन् ।

    शनिबार यहाँ पत्रकार सम्मेलनको आयोजना गर्दै थापाले प्रदेश सरकार गठनका क्रममा बढ्दै गएका घटनाक्रमका कारण पदमा बस्नु नैतिक रूपमा उपयुक्त नभएकाले पदबाट राजीनामा दिएको जानकारी दिए । नेता थापाले नवनियुक्त मुख्यमन्त्री कार्कीलाई शुभकामना दिँदै पार्टीले आफूलाई साथ दिने बताए ।

    प्रदेशको राजनीतिक विकासले सत्तारुढ गठबन्धनलाई अब कुनै असर नगर्ने बताउँदै उनले आगामी निर्वाचनसम्म गठबन्धन प्रदेशमा टिक्ने बताए । यसअघि आज बसेको कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठकमा २९ मध्ये १९ सदस्य सहभागी थिए ।

    प्रकाशित : आइतबार, २८ असोज २०८० , १०:५६ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend