Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558
logo

शुक्रबार, २६ भाद्र २०८३

शुक्रबार, भाद्र २६ २०८३

माइतिघर मण्डलादेखि नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा

माइतिघर मण्डलादेखि नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा


  • मंगलबार, मंसिर ५ २०८०
  • 1.1K
    SHARES

    मंसिर ५, काठमाडौ । जिल्ला प्रसाशन कार्यालयले ०८० मङ्सिर ४ गतेदेखि ३० दिनसम्म लागु हुने गरी माइतिघर मण्डलादेखि नयाँ बानेश्वर चोकसम्मलाई निषेधित क्षेत्र घोषणा गरेको छ । जिल्ला सुरक्षा समिति, काठमाडौँले गरेको सिफारिसका आधारमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले स्थानीय प्रसाशन ऐन, २०२८ को दफा ६ को उपदफा (३ क) बमोजिम माइतिघर मण्डलादेखि नयाँ बानेश्वरचोकसम्म ३० दिनसम्म धर्ना, जुलुश र प्रदर्शन गर्न नपाउने गरी ०८० मङ्सिर ४ गते विज्ञप्ति मार्फत आदेश जारी गर्नुभएको हो ।

    मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ०८० मङ्सिर ७ गते राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नाममा माइतिघर मण्डलामा प्रदर्शनको कार्यक्रम राखेकै दिन नेकपा एमाले निकट राष्ट्रिय युवासङ्घ र अनेरास्ववियुलगायत २३ ओटा जनवर्गीय र पेसागत सङ्गठनले सोही दिन माइतिघर मण्डलामै प्रदर्शनको कार्यक्रम राखेपछि जिल्ला प्रसाशन कार्यालयले माइतिघर मण्डलादेखि नयाँ बानेश्वरसम्मको सडक खण्डलाई समेटेर निशेधाज्ञा जारी गरेको हो ।

    काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जारी गर्नुभएको आदेशमा भनिएको छ, ‘एक वा सोभन्दा बढी समूहद्वारा एकै मिति, समय र स्थानमा भेला जम्मा भई अनशन, धर्ना, घेराउ र विरोध प्रदर्शन जस्ता कार्यक्रमहरू आयोजना गर्दा विभिन्न समूहबीच आपसी विवाद, झैझगडा, मुठभेड एवम् भिडन्त भई शान्ति सुरक्षा भङ्ग हुनसक्ने तथा हुलदङ्गा वा अशान्ति हुनसक्ने भई समग्र रूपमा शान्ति सुरक्षामा प्रत्यक्ष असर पर्छ ।’

    जिल्ला प्रसाशन कार्यालयको निर्णय अनुसार पद्यमोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चौरतर्फ, बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्म निषेधित क्षेत्र घोषणा गरिएको छ । प्रसाशनले जारी गरेको विज्ञप्तिमा निषेधित क्षेत्र घोषणा भएका स्थानमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भएर जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभा लगायतका आन्दोलन वा विरोधका कार्यक्रम गर्न नपाउने उल्लेख गरिएको छ ।

    [pdf-embedder url=”https://loksarathi.com/wp-content/uploads/2023/11/Press-Release_080-8-4_Kathmandu.pdf”]

    प्रकाशित : मंगलबार, ५ मंसिर २०८० , ०७:५६ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend