Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

राजनीतिक कार्यक्रम हुँदा विद्यार्थीहरू पढ्न पाउने अधिकारबाट वञ्चित

राजनीतिक कार्यक्रम हुँदा विद्यार्थीहरू पढ्न पाउने अधिकारबाट वञ्चित


  • बुधबार, मंसिर ६ २०८०
  • 507
    SHARES

    पोखरिया नगरपालिकाको–४ पोखरिया स्थित श्री जिल्ला उच्चांगल रामदेव कलवार माध्यमिक विद्यालय पोखरियामा ०८० मङ्सिर ५ गते मंगलबार बिदा दिएर राजनीतिक दलको कार्यक्रम आयोजना हुँदा विद्यार्थीहरू पढ्न पाउनु पर्ने अधिकारबाट वञ्चित भएका छन् ।

    नेकपा एमाले पार्टीका केन्द्रिय अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री खड्गप्रसाद (केपी) शर्मा ओलीको प्रमुख आतिथ्यमा आयोजना गरेको बृहत सभा तथा पार्टी प्रवेश कार्यक्रमका कारण मङ्सिर ५ गते विद्यालयमा पठन पाठन सञ्चालन हुन सकेन ।

    school

    पूर्व निर्धारित पार्टी प्रवेश कार्यक्रमका कारण विद्यालयमा मङ्सिर ५ गते बिदा दिइएको थियो । विद्यालयहरूमा तिहार र छठ पर्वको बिदा मङ्सिर ४ गते सम्म रहेपनि पार्टी प्रवेश कार्यक्रम कै कारण विद्यालयमा एक दिन थप बिदा बढाएर मङ्सिर ५ गते सम्म बिदा दिइएको थियो । जस कारण विद्यालय सञ्चालन हुन सकेन ।

    मंगलबार अर्थात मङ्सिर ५ गते विद्यालय सञ्चालन हुनु पर्नेमा विद्यालय प्राङ्गणमा राजनीतिक दलको कार्यक्रममा पोखरिया नगरपालिकाका मेयर र उपमेयर स्वयम् सहभागि थिए ।

    विद्यालयलाई सरकारले शान्ति क्षेत्र र राजनीतिक दलको कार्यक्रम निषेधित क्षेत्र घोषणा गरे पनि शिर्ष दलको शिर्ष नेता नै सहभागि भएको कार्यक्रम आयोजना हुँदा विद्यार्थीहरू मार्कामा परेका हुन् ।

    विद्यालयमा तिहार र छठको बिदा नै रहेको नगरपालिकाका मेयर प्रदुमन चौहानले बताउनु भयो । तिहार र छठको बिदा मङ्सिर ४ गते सम्म रहेपनि पार्टी कै कार्यक्रमको कारण एक दिन थप गरी मङ्सिर ५ गतेसम्म बिदा दिइएको हो भनि इन्सेक प्रतिनिधिको प्रश्नको प्रतिउत्तरमा त्यस्तो नै भएको हुन सक्ने उहाँले बताउनु भयो ।

    नगरपालिकाका शिक्षा शाखा प्रमुख विजय झाले नगरपालिका अन्तर्गतको सबै विद्यालयमा मङ्सिर ५ गते सम्म बिदा दिइएको बताउनु भयो । उहाँले छठ पर्वको भोलि पल्ट विद्यालयमा कम विद्यार्थीको उपस्थिति हुने भएकोले स्थानीय तहबाट थप एक दिन बिदा दिइएको बताउनु भयो ।

    प्रकाशित : बुधबार, ६ मंसिर २०८० , ०६:२६ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend