Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558
logo

शनिबार, २७ भाद्र २०८३

शनिबार, भाद्र २७ २०८३

बस्नेतको आन्दोलन र प्रसाईंको जनविद्रोहको के रह्यो उपलब्धि ?

बस्नेतको आन्दोलन र प्रसाईंको जनविद्रोहको के रह्यो उपलब्धि ?

  • बिहिबार, मंसिर ७ २०८०
  • 650
    SHARES

    काठमाडौं । बिहीबार काठमाडौंमा नेकपा एमालेको युवा संगठन युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ‘शक्ति प्रदर्शन’ गरेका छन् । दुवैका सभा सरकारविरुद्ध भनिए पनि एक अर्काप्रति लक्षित देखिन्थे ।

    नेकपा एमाले निकट युवा संघले काठमाडौंको तीनकुनेमा सरकारविरुद्ध प्रदर्शन गरे पनि प्रसाईंप्रति आक्रोश व्यक्त गरेको थियो । काठमाडौंका विभिन्न स्थानबाट निकालिएका जुलुस तीनकुनेमा आएर सभामा परिणत भएका थिए ।

    399928798_1898239923904066_1125224942480782290_n-1700725075.jpg

    एमालेका नेतासमेत रहेका युवा संघका पूर्वअध्यक्ष महेश बस्नेतले नेतृत्त्व गरेको समूहले तीनकुनेमा प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागी हुनका लागि विभिन्न जिल्लाबाट नेता कार्यकता आए पनि एमालेकै शीर्ष र प्रभावशाली नेताहरु भने अनुपस्थित रहे ।

    काठमाडौं । बिहीबार काठमाडौंमा नेकपा एमालेको युवा संगठन युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ‘शक्ति प्रदर्शन’ गरेका छन् । दुवैका सभा सरकारविरुद्ध भनिए पनि एक अर्काप्रति लक्षित देखिन्थे ।

    नेकपा एमाले निकट युवा संघले काठमाडौंको तीनकुनेमा सरकारविरुद्ध प्रदर्शन गरे पनि प्रसाईंप्रति आक्रोश व्यक्त गरेको थियो । काठमाडौंका विभिन्न स्थानबाट निकालिएका जुलुस तीनकुनेमा आएर सभामा परिणत भएका थिए ।

    एमालेका नेतासमेत रहेका युवा संघका पूर्वअध्यक्ष महेश बस्नेतले नेतृत्त्व गरेको समूहले तीनकुनेमा प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागी हुनका लागि विभिन्न जिल्लाबाट नेता कार्यकता आए पनि एमालेकै शीर्ष र प्रभावशाली नेताहरु भने अनुपस्थित रहे ।

    qefdg-1700737660.jpg

    कार्यक्रममा सम्बोधन गर्दै एमाले नेता बस्नेतले प्रसाईंको उपचार गर्न माग गर्दै सरकार पनि सच्चिनुपर्ने चेतावनी दिए । उनले सरकार नसच्चिए आन्दोलनको नेतृत्त्व गरेर प्रधानमन्त्रीलाई सिंहदरबारबाट निकाल्ने चेतावनी दिए ।
    “म प्रधानमन्त्रीलाई चेतावनी दिन चाहन्छु,” उनले भने, “तपाईं सच्चिनुस् । सच्चिनुभएन भने सिंहदरबारबाट निकाल्छौँ ।”

    उनले प्रसाईंलाई भतिजको संज्ञा दिँदै तत्काल पक्राउ गर्न माग गरे ।  “केपी बालाई हजुरबा भनेपछि प्रसाईं भतिजो भए, भतिजोको उपचार गर्नुस्,” उनले भने, “ठगीको आरोपमा पक्राउ गर्नुस् ।” कार्यक्रमलाई सम्बोधन गर्दै एमाले नेता भानुभक्त ढकालले आफूहरुको आन्दोलन दुर्गा प्रसाईंको विरुद्धमा नभएको बताए ।

    उनले एमाले सधैं राष्ट्र र राष्ट्रियताको पक्षमा रहेको भन्दै सरकारको खबरदारीको लागि आन्दोलन गरिएको बताए ।  सरकार सही बाटोमा नभएको उनको टिप्पणी थियो । युवा संघका नेता कार्यकर्ताहरूले पार्टीको झण्डासहित प्रदर्शन गरेका थिए ।

    May be an image of one or more people and crowd

    उनीहरुले भ्रष्टाचार, अपराधलगायतका बेथितिबिरुद्ध नारा लेखिएका प्लेकार्डहरु बोकेर विरोध जनाएका थिए ।

    सहभागी प्रदर्शनकारीहरुले अति भयो अन्याय र अत्याचार, कति सहने राज्य आतंक ? गणतन्त्र विरोधीहरु होसियारलगायतका प्लेकार्ड र ब्यानर बोकेर विरोध जनाएका थिए ।

    उता काठमाडौंको बल्खुमा प्रसाईंले नेतृत्त्व गरेको समूहले प्रदर्शन गरेको थियो । प्रदर्शनकारीले गणतन्त्रविरोधी नारा लगाएका थिए भने सरकारलाई सिंहदरबारबाट निकाल्ने चेतावनी दिएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रसाईंले आफूहरुले ऋण मिनाहाको माग राखेको र त्यसपछि राष्ट्रियता बलियो बनाउन लागिपरेको बताएका थिए ।

    महेश बस्नेत र दुर्गा प्रसाईंको शक्ति प्रदर्शन, कहाँ के भयो ?

    उनले त्यसपछि २०४७ सालको संविधान ब्युँताउने बताएका थिए । उनले राजसंस्था आफैं बलियो रहेको भन्दै दलहरु र प्रधानमन्त्रीलाई होसियार रहन सचेत गराएका थिए ।

    उनीहरुले ‘गणतन्त्र मुर्दावाद’, ‘भ्रष्ट नेता चाहिँदैन’, ‘देश बेच्न पाइँदैन’लगायतका नारा लगाएका थिए । कार्यक्रम सकिएपछि समर्थकले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि प्रहरीले प्रतिकार गरेको छ । प्रहरीसँगको झडपमा दुवैतर्फका दर्जनौं घाइते भएका छन् ।

    प्रहरीतर्फ ३० बढी घाइते भएको बताइएको छ भने प्रसाईंका १० बढी कार्यकर्ता घाइते भएको उनले जनाएका छन् । प्रदर्शनकारी कार्यक्रम सकिएपछि निषेधित क्षेत्र तोड्ने प्रयास गरेर अघि बढ्न खोजेपछि झडप भएको प्रहरीले जनाएको छ ।

    प्रहरीमाथि ढुंगा र इटा प्रहार गरेपछि लाठी प्रहार गरेको थियो । त्यसपछि प्रहरीले पनि पानीको फोहोरा र अश्रुग्यास हानेको थियो । कार्यक्रम सकिएपछि प्रहरीले बल्खुको चोक खाली गराएको छ भने प्रदर्शनकारी सानेपा र कलंकी क्षेत्रमा रहेका छन् ।

    प्रकाशित : बिहिबार, ७ मंसिर २०८० , ०५:१८ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend