Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558
logo

शुक्रबार, २६ भाद्र २०८३

शुक्रबार, भाद्र २६ २०८३

तिनकुनेमा राष्ट्रिय युवा सङ्घले गरेको प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न (फोटो फिचर)

तिनकुनेमा राष्ट्रिय युवा सङ्घले गरेको प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न (फोटो फिचर)


  • बिहिबार, मंसिर ७ २०८०
  • 728
    SHARES

    नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालको नेतृत्वमा युवा-विद्यार्थी विशेष सङ्गठनले ०८० मङ्सिर ७ गते तिनकुनेमा योजना गरेको प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । प्रदर्शन हुनुपूर्व सूर्यविनायक, कोटेश्वर, ग्वार्को, चाबहिल लगायत उपत्यकाका विभिन्न ठाउँबाट जुलुस निस्किएर तिनकुनेमा मिसिएको थियो । काठमाडौँ, भक्तपुर र ललितपुरका विभिन्न ठाउँबाट आएको र्‍याली तीनकुनेमा जम्मा भएर कोटेश्वर हुँदै पुनः तिनकुने आएर सभामा परिणत भएको थियो ।

    सभालाई नेकपा एमालेका नेता भानुभक्त ढकाल, किशोरविक्रम मल्ल, महेश बस्नेत, राष्ट्रिय युवा सङ्घका अध्यक्ष क्षितिज थेबे, अनेरास्ववियुका अध्यक्ष समिक बडाल लगायतले सम्बोधन गरेका थिए ।

    सभाको सुरक्षार्थ नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको जनशक्ति सुरक्षाकर्मी बाक्लो रूपमा परिचालन भएको थियो । विभिन्न ठाउँबाट सभास्थलमा आएका र्‍यालीका कारण नयाँ बानेश्वर, कोटेश्वर खण्डको यातायात केहीबेर प्रभावित बनेको थियो । इन्सेक केन्द्रीय कार्यालयबाट खटिनुभएका मदन पौडेल, कृष्ण गौतम, रमेशप्रसाद तिमल्सिना, विमल पौडेल सहितको टोलीले प्रदर्शन स्थल र सभाको अनुगमन समेत गर्नुभएको थियो ।

    Photo_080-78-7_Kathmandu

    Photo_080-78-7_Kathmandu1

    Photo_080-78-7_Kathmandu2

    Photo_080-78-7_Kathmandu3

    Photo_080-78-7_Kathmandu4

    Photo_080-78-7_Kathmandu5

    Photo_080-78-7_Kathmandu6

    Photo_080-78-7_Kathmandu7

    Photo_080-78-7_Kathmandu8

    Photo_080-78-7_Kathmandu9

    Photo_080-78-7_Kathmandu0

     

    विमल पौडेल/इन्सेक

    प्रकाशित : बिहिबार, ७ मंसिर २०८० , ०५:२६ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend