Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

कांग्रेसका लथालिङ्ग भ्रातृ संस्थाहरू, यि सङ्गठनले अझै पाएन नेतृत्व

कांग्रेसका लथालिङ्ग भ्रातृ संस्थाहरू, यि सङ्गठनले अझै पाएन नेतृत्व


  • आइतबार, मंसिर १० २०८०
  • 585
    SHARES

    काठमाडाैं । नेपाली कांग्रेसका १३ वटा भ्रातृ सङ्गठनहरू छन्। पार्टीमा युवा, विद्यार्थी, महिला, जातजाति जोड्दै जाने उद्देश्यले भ्रातृ तथा शुभेच्छुक संगठन निर्माण गरेको कांग्रेस नेताहरुले बताउँदै आएका छन्। तर, तिनका आवधिक महाधिवेशन त टाढाको कुरा लामो समयसम्म केन्द्रीय समितिसमेत गठन नहुने अवस्था रहेको छ।

    बल्लतल्ल केन्द्रीय नेतृत्व तोकिए पनि समिति पदाधिकारी र सदस्य तोक्न कांग्रेसलाई महाभारत नै पर्दै आएको छ। बल्ल तल्लो नेपाल विद्यार्थी संघ, नेपाल तरुण दलसहितका संगठनका केन्द्रीय समिति तोकिए पनि पार्टी नेताहरूको गुटगत झगडाले पदाधिकारी तोकिएको छैन।

    गुटगत भाग मिलाउन विधानको व्यवस्था विपरीत कांग्रेसले जथाभाबी भ्रातृ सङ्गठनको केन्द्रीय समिति तोक्दै आएको छ। जसले गर्दा गठन भएका भ्रातृ संगठनका समितिहरू पनि निकम्मा बन्न पुगेका छन्। नेपाल प्रजातन्त्र सेनानी संघ,नेपाल भूतपूर्व सैनिक संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ र नेपाल ठाकुर संघको केन्द्रीय समिति विघटन गरेको लामो समय भइसक्यो।

    तर, पार्टीका नेताहरूबिच नेतृत्वमा सहमति जुट्न नसक्दा अहिलेसम्म अध्यक्ष पनि तोकिएको छैन भने २६ वटा शुभेच्छुक संगठनका भने जेनतेन केन्द्रीय समितिहरू छन्। भएका सङ्गठनको केन्द्रीय समितिसमेत तोक्न नसकेको कांग्रेसले भ्रातृ तथा शुभेच्छुक सङ्गठनको संख्या बढाउने पनि तयारी गरेको छ।

    प्रकाशित : आइतबार, १० मंसिर २०८० , ०७:५२ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend