Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558
logo

शनिबार, २७ भाद्र २०८३

शनिबार, भाद्र २७ २०८३

राजावादीहरुलाई केपी शर्मा ओली भन्छन्–‘चेतना नभएका मुर्खहरु’

राजावादीहरुलाई केपी शर्मा ओली भन्छन्–‘चेतना नभएका मुर्खहरु’


  • सोमबार, मंसिर ११ २०८०
  • 559
    SHARES

      लोक सारथी संवाददाता

    मंसिर ८–९ गते दुई दिने राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा नेकपा (एमाले) पार्टी अध्यक्ष केपी शर्मा ओली राजावादीहरुलाई कटाक्ष गर्दै बोलेका थिए । उक्त बैठक नेकापा(एमाले) केन्द्रिय कार्यालय, ललितपुरमा सम्पन्न भएको थियो । राजा र राजतन्त्रको कुनै औचित्व नरहेको बताउँदै ओली भन्छन्–

    ‘‘१७ वर्ष अगाडि फालिसकेको, हेर्दा, हेर्दा, हेर्दा वाक्क, प्याक्क, दिक्क भएर जनताले पाल्न नसकिने रहेकछ यो, र यो काम लाग्ने चिजै होइन रहेछ , राजनैतिक रुपले, वैचारिक रुपले, सैद्धान्तिक रुपले, कुनै हिसाबले पनि ।’’

    थप्दै उनले अगाडि भन्छन् – ‘‘एउटा मान्छे जन्मिदै राष्ट्रका प्रमुख भएर जन्मिने अरुका छोराछोरीले मरिमेटेर काम गरे पनि हुन नपाउने, यस्तो अन्यायपूर्ण विचार बोक्नेहरु । मैले एक पल्ट भनेँ चेतना नभएका मुर्खहरुले राजतन्त्र माग्छन् । एउटा मान्छेको छोरो जन्मिदै राष्ट्रप्रमुख भएर जन्मिने, लाटो जन्मिन्छ कि, गजेडी जन्मिन्छ कि, ड्रगिस्ट भएर जन्मिन्छ कि, कस्तो भएर जन्मिन्छ, लफङ्गसफङ्ग भएर जन्मिन्छ कि, थाहा छैन, जन्मिदै राजा हुने । नागरिक सर्वाेच्चता स्वीकार नगर्ने । देशभरीका जनतामा सार्वभौमसत्ता भनेर मान्न नसक्ने, एउटा व्यक्तिमा सार्वभौमसत्ता हुनुपर्छ भन्ने, त्यो चेतना, चेतना हो र ? मुर्खता हो ।’’

    राजा छँदाको नेपाललाई अन्य देशहरुसँग तुलना गर्दै पार्टी अध्यक्ष ओलीले थप्छन् – ‘‘कतिपय देशले ऐतिहासिक कारणले सम्झौता गरेका होलान, राजनीतिक सम्झौता गरेका होलान्, कतिपय देशले गरेका होलान, हुनसक्छ त्यो । अरु देशको मामिलामा हामी बोली रहेका छैनौं । अरु देशमा प्रणालीहरुलाई, अरु देशमा जनता र शासकबीचका सम्झौताहरुलाई हामीले केही भन्नु छैन । हामीले सिद्धान्तको मात्रै कुरा गरेका, हाम्रो देशमा सिद्धान्तको मात्र होइन व्यवहारको कुरा गरेका हाम्रो देशमा राजतन्त्र काम लाग्दैन भनेर नेपाली जनताले फालेका हुन् । यो देशमा २० सालभन्दा अगाडिसम्म एउटा बाटो नबन्नुको कारण के ? अनि विकास हुनै नसक्नुको कारण के ? २४० वर्ष राजतन्त्रले खायो । अन्त शिक्षामा अगाडि, स्वास्थ्यमा अगाडि, विकासमा अगाडि, पूर्वाधारमा अगाडि, सबै हुँदाखेरी पनि हाम्रो देशमा किन हुन्न ?’’

    ‘‘जङ्गबहादुरको शासन आयो १९०३ मा कोतपर्वबाट । त्यसको ७ वर्षपछि दरबार स्कूल पहिलो पल्ट खुल्यो । त्योभन्दा अगाडि राजाहरुले किन खोलेनन् ? नीति के थियो ? जनता पढाउने नीति थियो ? लोकतान्त्रिक नीति थियो? राजाहरुले जनता पढाउनुपर्छ भन्थे ? होइन अन्धकारमा राख्नपर्छ भन्थे । कानून थिएन । म जे भन्छु त्यही कानून हो भन्थ्यो अनि राजतन्त्रले के केनै गर्याे भनेर काँ हुन्छ ?’’ कोतपर्व र तत्कालीन राज्य–नीति उल्लेख गर्दै उनले भने ।

    प्रकाशित : सोमबार, ११ मंसिर २०८० , ०४:१९ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend