Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558
logo

शुक्रबार, २६ भाद्र २०८३

शुक्रबार, भाद्र २६ २०८३

आतंक मच्चाउने पहिचानको राजनीति हुन सक्दैन : ओली

आतंक मच्चाउने पहिचानको राजनीति हुन सक्दैन : ओली


  • बिहिबार, मंसिर १४ २०८०
  • 494
    SHARES

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पहिचानका नाममा जनतालाई विभाजित गर्न खोजिएको बताएका छन् ।

    झुलाघाट–चिवाभञ्ज्याङ ‘संकल्पयात्रा’का क्रममा बिहीबार बैतडीको गोठलापानीमा आयोजित पहिलो दिनको सभामा उनले पहिचानको मुद्दा सबैभन्दा बढी एमालेले सम्बोधन गरेको जिकिर गरे । अरूमाथि घृणा फैलाउने, आतंक मच्चाउने विषय पहिचानको राजनीति हुन नसक्ने उनले बताए ।

    “अरूमाथि घृणा गर्ने, हिंसा फैलाउने, आतंक मच्चाउने पहिचानको राजनीति हुन सक्दैन । पहिचानको राजनीतिका नाममा जनता भाँड्ने, राष्ट्रिय एकता तोड्ने हाम्रो वैरीहरूलाई मद्दत पुर्‍याउने कुरा हो,” ओलीले भने, “देशलाई अनेकतामा लाने, एकताबद्ध हुन नदिने कुरा हो ।”

    उनले विश्व धेरै अघि बढ्दा नेपाल भने ओरालो लागिरहेको बताए । आफू सरकारबाट बाहिरिएको अढाई वर्षमा देशको अर्थतन्त्र ओरालो लागेको उनको भनाइ छ  ।

    “देश झन् अप्ठ्यारोमा पर्दै छ । सरकारसँग कर्मचारी पाल्ने पैसा छैन । पहिलो चार महिनामै ऋण लिनुपरेको छ,” उनले भने ।

    अध्यक्ष ओलीले व्यवसायी, व्यपारी पनि पीडित भएको बताए ।

    प्रकाशित : बिहिबार, १४ मंसिर २०८० , ०३:२७ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend