Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558
logo

शुक्रबार, २६ भाद्र २०८३

शुक्रबार, भाद्र २६ २०८३

राष्ट्रियसभा निर्वाचनका लागि १२ दल भए दर्ता

राष्ट्रियसभा निर्वाचनका लागि १२ दल भए दर्ता


  • शनिबार, मंसिर ३० २०८०
  • 364
    SHARES

    राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा १२ ओटा दल दर्ता भएका छन्।

    आगामी माघ ११ गते हुने निर्वाचनका लागि आयोगले दल दर्ताका लागि दिएको ५ दिनको समयसीमाअनुसार अन्तिम दिन शुक्रवार सम्म १२ ओटा दलले दल दर्ता गराएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।

    उनका अनुसार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी‚ जनमत पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचन प्रयोजनका लागि दल दर्ता गराएका छन्।

    नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा‚ नेपाल समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले पनि आयोगमा दल दर्ता गरेका छन्।

    प्रवक्ता पौडेलले आगामी सोमवार अन्तिम नामावली सूची प्रकाशन गरिने बताउँदै अब दल दर्ता हुन नसक्ने प्रष्ट पारेका छन्।

    आयोगले दल दर्ताका लागि विभिन्न दलले दिएको निवेदनउपर छानबिन गरेका दलहरुको अन्तिम सूची सार्वजनिक गर्नेछ। आयोगमा दर्ता भएका १२ ओटा दल विधिपूर्वक आएका छन् कि छैनन‚ कानुनबमोजिम योग्य छन् कि छैनन् छानबिन गरेर अन्तिम नामावली प्रकाशन गरिनेछ।

    आयोगले माघ ११ गतेको निर्वाचनका लागि निर्वाचन अधिकृतहरुको नियुक्ति प्रक्रियासमेत अगाडि बढाएको छ। आयोगले निर्वाचन कार्यालय स्थापनादेखि मतदाता नामावली प्रकाशन गर्ने तयारीसमेत थालेको छ।

    आगामी फागुन २० गतेदेखि राष्ट्रियसभा सदस्यका २० पद रिक्त हुँदै छन्। माघ ११ गते १९ पदका निम्ति निर्वाचन हुनेछ भने एक पदमा राष्ट्रपतिले मनोनयन गर्ने कानुनी व्यवस्था छ।

    प्रकाशित : शनिबार, ३० मंसिर २०८० , ०२:४६ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend