Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

आज जे भयो: रु. ८,६०० को माया मारेँ

आज जे भयो: रु. ८,६०० को माया मारेँ


  • मंगलबार, पुष ३ २०८०
  • 1.2K
    SHARES

    ७७ वटा वसन्त पार गरिसक्नु भएका उमानाथ भट्टराई बुटवल स्थित राष्ट्रिय वाणिज्य बैंकमा निवृत्तिभरण वृद्धि सम्बन्धी कागजात बुझाउन भनी रुपन्देहीको तिलोत्तमा–४, डिङ्गरनगरदेखि बुटवलसम्म माइक्रो बसमा जाने क्रममा उहाँको कोटको भित्री भागमा रहेको गोजीमा राखिएको करिब ९००० रुपैयाँ कसैले झिकिदिएछ । यो घटना २०८० साल मंसिर २२ गतेको हो । १ रुपैयाँ कसैको नखाने, कहिल्यै बेइमानी र छल नगर्ने, पवित्र भाव राख्ने आफ्नो स्वच्छ स्वभाव जस्तै आफू बस्ने, हिँड्ने आसपासको दुनियामा पनि त्यस्तै स्वभावका मानिसहरुको बसोबास छ भन्ने उहाँको मान्यताले अन्तिम साँस फेरेको छ । माइक्रोबसमा गाडीको क्षमताभन्दा धेरै यात्रु चढाउने, सिट भरिएपछि पनि उभ्याएरै यात्रुलाई सफर गराउने सबै यातायात व्यवसायीहरुको अनुगमन गर्ने संयन्त्रको अभावमा चौर्यकर्म गरेर जीवन धान्नेहरुले अवसर पाएका छन् । घटना त बासी भयो नै तर यसको प्रभाव लेखकको मस्तिष्कमा सँधै ताजा रहने देखिन्छ । प्रस्तुत लेखमा लेखकले घटनाबाट जे अनुभव गर्नुभयो त्यसैलाई जस्ताको तस्तै लेख्नुभएको छ । —सम्पादक


    म सेवा निवृत्त शिक्षक हुँ । सृष्टिको समयचक्रसँगै गतिशील यो जीवन–यात्राको क्रममा ७५ वटा वसन्त कसरी पार गरेँ पत्तै भएन । सौर्यमण्डलमा जसरी पृथ्वी सूर्यको वरिपरि करिब ३० कि.मि.प्रति सेकेन्डको गतिमा परिक्रमा गर्दछ तर हामीलाई त्यसको कुनै भान नै हुँदैन, त्यसरी नै समय चक्रको तीव्रतम गतिमा उमेर बढेको थाहै नहुने रहेछ । जे होस्, आज म प्रफुल्लित छु । कारण थियो निवृत्तिभरणमा १०%ले वृद्धि । २१ गतेका दिन कोष तथा लेखा नियन्त्रण कार्यालय भैरहवामा अफिशियल अभिलेख आद्यावधिक गराइ निवृत्तिभरण १०% ले वृद्धि भएको पत्र प्राप्त भयो । अर्काे दिन अर्थात् २०८० साल कात्तिक २२ गते ७५ वर्ष (उमेर) पूरा भएपछि उपलब्ध गराइने यो सुविधा सम्बन्धी औपचारिक अफिशियल कागजात हातले बुनेको उनी धागोको झोलामा राखेँ, काँधमा भिरेँ अनि राष्ट्रिय वाणिज्य बैंक बुटवल शाखामा बुझाउन भनेर घरदेखि निस्किएँ । बिहानको अन्दाजी १०ः१५ बजेको थियो । केही बेरमा हिँड्दै शान्तिचोक पुगेँ । बैंक प्रयोजनका लागि एक पसलमा केही कागजातको दुई दुई प्रति फोटोकपि गराएर, बिगत सातमहिनादेखि छपाईको प्रतिक्षामा रहेको सानो पुस्तक ‘गद्य–पद्य’ छापियो छापिएन सोध्न भनि छापाखाना पसें । अझै मुद्रण नभएको रहेछ । चोकमा भाइसँग भेट भयो । छोटो भलाकुसारी पश्चात् कामाख्या पथबाट श्री नारायण प्रसाद ज्ञवाली (भाइ) र म गोलपार्कतर्फ जान लागेको माइक्रो बस चढ्यौं । सिट सबै यात्रुले खचाखच भरिएको थियो । हामी ८–१० जना यात्रु त उभिएकै अवस्थामा थियौं ।

    गाडीभित्रको त्यो भीडभाडमा धक्कमधक्का हुनु सामान्य थियो । मेरो ध्यान वरपर उभिएका वा सिटमा बसेका यात्रुहरुलाई असर नपुगोस् भन्ने उद्देश्यले आफ्नो शरीरलाई सन्तुलित अवस्थामा उभ्याई राख्नमा केन्द्रित थियो ।

    कुन सत्पुरुषले मेरो आस्कोटको भित्री गोजीबाट ८६०० र केही अरु पनि झिक्न सफल भएछ, मलाई थाहा नै भएन । फर्कने क्रममा पनि फेरि त्यही नै गाडी आयो । फर्कदा भने भीड थिएन । अलि वर आएर भाडा दिने क्रममा हेर्दा सबै रकम झ्वाम् भएछ । केनै विकल्प थियो र ? मलिन अनुहार बाहेक ।

    घरै छुट्यो कि भन्ने तर्कवितर्क पनि गरियो । हैन रहेछ । तेरो पेशा त्यही रहेछ, खा । मेरो आँसु पसिनाको पैसाले तलाई दुई चार दिनको जाँड रक्सि, त्यस पछि त तँलाई फेरि चौर्य कर्म नै गर्नुपर्छ । तेरो जीविका चोरेरै निर्वाह गर । धन्यवाद । के छ मेरो उपाय ? ईश्वरको सृष्टि कस्तो कस्तोलाई भयो होला । विधाता ! तँपाईसँग पनि विवेकबुद्धि, न्याय, दुःखीको उद्धार त हुँदो रहेनछ त । कसो जीवनका अनेक घटना परिघटनाहरु भए तर यो घटना ७८ वर्षको उमेरमा भएको पहिलो हो । जन्मने मर्ने त शाश्वत प्रक्रिया हो । यसमा केही आफसोच छैन ।

    २०५९ साल आश्विन ५ गते शनिवार साँझ सवा सात बजे अति स्वच्छ, अति पवित्र, अति सत्यवादी भनिने माओवादी मित्रहरुले देखादेख, जानाजान साँघातिक हमला निर्दाेष ममाथि गरेका थिए ।
    आर्थिक थुप्रो धन राशिले आज २१ वर्ष भयो । ज्यान बचाइ राखेँ तर आज अन्जान तरिकाबाट न्यून धन राशिको चिन्ता लाग्यो । त्यस चौर्य कर्ममा लिप्त मानिसलाई आशीर्वाद छ । सँधै त्यसै गरिगरि खानुपिउनु । मेरो विदुरे जीवन अझै बाँचोस् । म सत्य ठाउँमा छु, सत्य थिएँ, सत्य छु, सत्य नै रहने छु । २०३५ सालमा म आफूले ५–६ वर्ष अध्ययन गरेको ठाउँ हरिद्वारतिर जाँदै गरेको बेला जानाजान लोभवश झुक्किएको थिएँ । थोरै धनराशि र जनता ब्रान्डको हाते घडी समेत कसैले लगेछ । यो पनि मेरो पहिलो घटना नै थियो ।

    यस्तै २०५५ सालमा भैरहवामा म त्यस्तै अर्काे घटनामा फँसेको छु । यो भने लखनउको जस्तो दोस्रो घटना थियो । यस्ता यस्ता समस्या भोग्दै र काम कर्तव्यहरु गर्दै आएँ । भ्रमणको क्रममा युरोपियन देश ओस्लो नर्वे र पछि कतार पुगेँ । भारत गएँ । यहीँ नेपालका जिल्लाहरुमा पाल्पा (आफ्नै जिल्ला भइहाल्यो), कपिलवस्तु, रुपन्देही, परासी, अर्घाखाँची, गुल्मी, मुस्ताङ्ग, कास्की, बाग्लुङ्ग, स्याङ्जा, काठमाण्डौ, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, तनहुँ, कैलाली लगायतका विभिन्न जिल्लाहरु समेत घुमेको छु । प्रत्यक्ष गोजीबाटै यसरी रकम चोरी भएको पहिलो पटक हो । दैनिक हिडिरहेको बुटवलमा यस्तो होला मसँग भन्ने मनले कसैगरी पत्याउनै सकिरहेको छैन तर भयो । झस्किरहेको छु, सम्झिरहेको छु । कसरी हात हाल्यो ? भीड थियो । दुई जना व्यक्तिहरुले अझ बढी पेलीरहेका थिए । अदम्य साहस गरेछन् । सफल बने । म आफै छक्क परेको छु । एक रुपैयाँ समेत नहराउने मान्छे म । ईश्वर तैँ छस् सर्वसाक्षी, जे गर तैँ गर । अरु कसैको तागत छैन । ईश्वर तैँले आँटे के हुन्न । असम्भव भन्ने शब्द छँदै छैन । आज आँटे लैजा, भोलि जन्मा, पर्सी आँटे पाल । भूत, भविष्य, वर्तमान सबै तेरै अधिनमा छ । जे जति शक्ति छ त्यही त्यति गर । दुःखमा मलम पट्टी लाउने पनि तैँ, सुखमा हँसाउने खुसाउने पनि तैँ ।

    राष्ट्रिय वाणिज्य बैंकलाई आजको गन्तव्य बनाइ भाइलाई सँगै लिइ हिडेको थिएँ म । बैंक त माथि सरेको रहेछ, मलाई थाहा थिएन । बुटवलको पाल्पा रोडमा उत्रियौं । बैंकमा शाखा प्रबन्धकसँग सिधै भेटेर सरसल्लाह गरी, पत्र बुझाइ अबदेखि १०% निवृत्तिभरणमा थपिने सुनिश्चित गरी फर्केको थिएँ । गाडी भाडा लिन खोज्दा पैसा त छैन । दिमागले काम गरेन । आउँदा त्यही गाडीले फर्काएको भुल्लो ५० र ३० रुपैयाँ स्वेटर भित्र शर्टको गोजीमा रहेछ, दिएँ ।

    म मुर्ख हुँ । आज जे भयो भयो, फेरि कहिल्यै नहोस् । चौर्य कर्ममा आसक्त भइ जीवन निर्वाह गर्न रुचि राख्ने जसले रकम लुट्यो तँलाई यसैगरी खानलाउन पुगोस् । तेरो रुचि फेरिएमा सद्बुद्धि पनि आओस् । अरुले शिकार बन्न नपरोस् । वरदान देउ ईश्वर मलाई सँधै पुरुषार्थ गरी जागृत स्थितिमा स्वस्थ र खुशी भइ बाँच्न र हाँस्न पाउँ । मेरो विन्ती स्वीकार गर । दुःख नदेउ । बिना कष्ट कहाँ लैजाने हो स्वर्ग नर्क वा मोक्षतिर त्यहीँ लैजाउ । तिम्रो गुण सदा हरिभजन गरी तिर्ने छु ।

    शिक्षक, खरिदार, पञ्चायती व्यवस्था आदि मैले भोगेका क्षेत्र हुन् । ३२.५ वर्ष सरकार सेवा गरेँ । जे गरेँ जहाँ गरेँ इमानदारिता र निष्ठापूर्वक गरेँ । कसैको धनसम्पत्ति, पैसा कौडीको लालच गरिन । सत्य विजयी अन्तिममा मात्रै हुन्छ । राजा हरिशचन्द्रले भएभरीको दुःख पाए । अन्तिममा सुखानुभूति पनि गरे । राजा भइ ऐश्वर्य भोग गर्न पाए । राजा परीक्षितले अहँकार गरेतापनि अन्तिममा भगवद् भक्ति र भागवत श्रवणद्वारा संसारी जंजालबाट मुक्ति पाए । यस्ता उदाहरणहरु प्रशस्त छन् । यहाँ केवल एक दुईवटा झलक मात्र दिएको हुँ ।

    आज जे भयो कसैलाई नपरोस् । मानिसले पूर्ण आयु १०० वर्ष बाँच्यो भने नाति, पलाति, खलाति, गलाति सम्म देख्ने सम्भावना छ, त्यो उनै ईश्वरको मात्र कृपा हो । सत्यको धन, धर्मको पुत्र, त्यस अनुसार ऐश्वर्य र सन्तति वृद्धिको परम्परा कायम रहन सक्छ । अकर्मण्य, दोषी, चोर, डकैती जस्ता कर्मले एक, दुई बढीमा तीन पुस्ता मात्र टिक्न सक्छ ।

    मेरो गोजीमा आज मात्रै त्यति धेरै रकम किन थियो म आफैलाई थाहा छैन । मैले गनेर २० हजार घरै थन्काएर हिँडेको थिएँ । मेरो गोजीमा ३५–४० हजार पर्ने दुई वटा मोबाइल थिए, लगेनछ । किन लगेन होला कुन्नि ! त्यसको दृष्टि जति सबै त्यही नगदमा परेछ, झिक्न सफल पनि रह्यो । जे होस्, धन्दा सफल भयो । त्यत्रो भीडभाड भएपनि ओखाकोखाका मानिसले देख्न र बताउनपर्ने । आश्चर्यजनक घटना !

    सँधै यस्तो नहोस्, ईश्वर, प्रार्थना गर्छु । मसँग यस्तो भयो अरुसँग नहोस् । मैले अनैतिक काम, चरित्रहत्या, अभक्ष्य वस्तु, भ्रष्टाचार गरेको छैन । दुई पटक कार्यालय प्रमुख हेड सर रहेर ३२.५ वर्ष सेवा गरेँ । इमानदारिताको परिचय दिदै तीस हजार नगद सहित निमित्त प्र.अ.लाई दिइ २०६३ चैत्र मसान्तमा शंकर ज्ञवालीलाई वरबुझारथ गरि हिँडेको हुँ । आज १७ वर्ष भयो । मेरो दिनचर्या हाँसीखुशी बिताइरहेको छु । इष्टमित्र, मेरा परिवार खुशी र सुखी रहुन् । मितिः २०८०।०७।२२

    प्रकाशित : मंगलबार, ३ पुष २०८० , ०७:४९ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend