Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558
logo

शुक्रबार, २६ भाद्र २०८३

शुक्रबार, भाद्र २६ २०८३

प्रधानमन्त्री मन्त्रिपरिषद् पुनर्गठन कार्यमा व्यस्त !

प्रधानमन्त्री मन्त्रिपरिषद् पुनर्गठन कार्यमा व्यस्त !


  • शुक्रबार, पुष ६ २०८०
  • 338
    SHARES

    काठमाडौं । प्रधनमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी थालेका छन् । मन्त्रीहरू परिवर्तन गर्न उनले सत्तारुढ गठबन्धनको प्रमुख दल नेपाली कांग्रेस नेतृत्वसँग आवश्यक परामर्श गरिसकेका छन् ।

    माओवादी केन्द्रबाट गएका सबै मन्त्रीहरु फेर्न तयार रहेका प्रधानमन्त्री दाहालले कांग्रेससँग पनि त्यही सर्त राखेका छन् । कांग्रेसमा भने देउवानिकट कतिपय मन्त्रीहरु कायम राख्ने भनाइ आएपछि गृहकार्य केही समयका लागि पछि धकेलिएको छ ।

    कांग्रेस सभापति शेरबहादुर देउवाले केही मन्त्रीहरुलाई नचलाउने सर्त राखेका छन् । खासगरी अर्थमन्त्री डा. प्रकाशशरण महतलाई चलाउन नहुने उनको अडान छ ।

    देउवाले त्यस्तो सर्त राखेपछि प्रधानमन्त्री स्वयम्ले देउवालाई बालुवाटार डाकेर पटक–पटक सन्ध्याकालीन वार्ता गरिसकेका छन् । माओवादीका ती उच्च नेताका अनुसार, वार्तापछि परिस्थिति फरक बनेको छ । देउवाले अर्थमन्त्रीमा डा. महतलाई निरन्तरता दिने अडान नछाडे पनि पहिला भन्दा उनी लचिलो भएका छन् ।

    माओवादी केन्द्रमा भने नारायणकाजी श्रेष्ठ नै मन्त्रिपरिषद् गठनका लागि बाधक बनिरहेका छन् । प्रधानमन्त्रीमाथि उनले दबाब खडा गर्न मेहनत गरिरहेको माओवादी केन्द्र स्रोतले जनाएको छ । प्रधानमन्त्री सहमत नभएको अवस्थामा केही लोकप्रिय निर्णय गरेर बाहिरिने रणनीतिमा श्रेष्ठ देखिएका छन् । यसका विषयमा उनले आफ्ना निकटहरुसँग सरसल्लाह समेत गरेका छन् ।

    मुटुको समस्याका कारण डाक्टरले आराम गर्न दिएको सल्लाहसमेत नमानी मन्त्रालय गइरहेका श्रेष्ठले केही निर्णय गरेर चर्चामा आउने प्रयास जारी राखेका छन् ।  तर, माओवादी केन्द्रका तर्फबाट नै मन्त्रिपरिषद् पुनर्गठनको प्रस्ताव कांग्रेसलाई गरिएकाले प्रधानमन्त्री रोकिने अवस्था भने नरहेको माओवादी केन्द्रका नेताहरुको भनाई छ । प्रधानमन्त्री दाहालले बिहीबार संचार तथा सूचना प्रविधि र ऊर्जा तथा सिंचाई मन्त्रालय, ऊर्जा आयोगसहितका पदाधिकारीहरुसँग छलफल गरेका थिए । त्यस क्रममा उनले मन्त्रिपरिषद गठनको एक वर्षपछि आफूले कार्यशैली बदल्ने भन्दै तपाईंहरु के गर्नुहुन्छ भनी प्रश्न राखेका थिए ।

    प्रकाशित : शुक्रबार, ६ पुष २०८० , १०:५१ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend