Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना


  • मंगलबार, पुष १७ २०८०
  • 507
    SHARES

    राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय पुस १६ गते स्थापना गरिएको छ ।

    राष्ट्रियसभा सदस्यका लागि ०८० माघ ११ गते हुने निर्वाचनका लागि प्रदेश निर्वाचन कार्यालय, विराटनगरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

    कार्यालयको निर्वाचन अधिकृत तथा जिल्ला अदालत मोरङका मुख्य न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलले कार्यालयको शुभारम्भ गर्दै शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराउन सम्बद्ध सबै पक्षबाट सहयोग हुने बताउनु भयो ।

    राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दर्ता भएका १२ राजनीतिक दलका प्रतिनिधिहरुसँग चाँडै छलफल गरिने निर्वाचन अधिकृत ढुङ्गेलको भनाइ छ । कोशी प्रदेशमा दुई स्थानका लागि निर्वाचन हुँदैछ । राष्ट्रियसभाको लागि कोशीमा स्थानीय तहका २ सय ७४ र प्रदेशका ९३ सांसद गरी कूल ३ सय ६७ जनाले मतदान गर्ने छन् ।

    निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १९ हुन्छ ।

    प्रदेशमा प्रदेशसभाका ९३ सांसदमा एमालेका ४०, काँग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाको ६, एकीकृत समाजवादीको ४ र जसपाको १ जना छन् । सांसदहरुतर्फ एमालेको २ हजार १ सय २०, काँग्रेसको १ हजार ५ सय ३७, माओवादीको ६ सय ८९, राप्रपाको ३ सय १८, एकीकृत समाजवादीको २ सय १२ र जसपाको ५३ मतभार छ ।

    स्थानीय तहका प्रमुख र उपप्रमुखमा प्रदेशमा रहेका १ सय ३७ ओटा स्थानीय तहका २ सय ७४ मध्ये एमालेका १ सय १०, काँग्रेसका १ सय १५, माओवादीका ३१, राप्रपाका चार, एकीकृत समाजवादीका सात, जसपाका चार र स्वतन्त्र तीन जना छन् ।

    स्थानीय तहमा एमालेको २ हजार ९०, काँग्रेसको २ हजार १ सय ८५, माओवादीको ५ सय ८९, राप्रपाको ७६, एकीकृत समाजवादीको १ सय ३३, जसपाको ७६ र स्वतन्त्रको ५७ मतभार छ ।प्रदेशमा एमालेको कूल मतभार ४ हजार २ सय १०, नेपाली कांग्रेसको ३ हजार ७ सय २२ र माओवादी केन्द्रको १ हजार २ सय ७८ रहेको छ ।

    एकीकृत समाजवादीको ३ सय ४५, राप्रपाको ३ सय ९४, जसपाको १ सय २९ र स्वतन्त्रको ५७ मतभार रहेको छ ।

    प्रकाशित : मंगलबार, १७ पुष २०८० , १२:१५ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend