
मानिसको स्वभाव र भविष्य राशि, नक्षत्र, नाडी र गण अनुसार फरक फरक हुने गर्दछ । साथै जन्म महिना र बार अनुसार पनि फरक-फरक हुने गर्दछ । आज हामी तपाइँलाई जन्म महिनामा आधारमा कस्तो हुन्छ त्यस विषयमा चर्चा गर्दैछौँ ।
बैशाखः बैशाख महिनामा उत्पन्न हुने मानिस भोगी (सर्वसुखयुक्त), धनवान, राम्रो चित्त र बिचार भएका, क्रोधवान, सुन्दर आँखा भएका, रुपवान, स्त्रीहरूलाई माया गर्ने स्वभावका हुन्छन् ।
जेठः जेठ महिनामा जन्मिएका मानिसहरू विदेशमा बस्ने, शुभ चित्त र लामो आयु भएका व्यक्ति हुन्छन् ।
असारः यो महिनामा जन्मिएका मानिसहरू धर्मात्मा, धन नाश हुने भएका कारण पीडित, सुन्दर वर्ण भएका र थोरै सुख भोग गर्ने हुन्छन् ।
साउनः साउन महिनामा जन्मिएका मानिसहरू सुख, दुःख तथा हानी-लाभमा सधैँ एकनास हुन्छन् ।
भदौः भदौ महिनामा जन्मिने मानिसहरू सधैँ खुसी रहने, धेरै बोल्ने, मधुर बोली भएको र सुन्दर व्यक्ति हुने गर्दछन् ।
असोजः यो महिनामा जन्मिने मानिस सुन्दर रुप भएका, अत्यन्त पवित्र, गुणवान र धनी हुने गर्दछन् ।
कार्तिकः यो महिनामा जन्मिएका मानिसहरू धनवान, कम बुद्धि, दुष्ट प्रवित्ति र पापी हुने गर्दछन् ।
मंसिरः यो महिनामा जन्मिएका मानिसहरू मिठो बचन बोल्ने, धनवान, धर्ममा विश्वास राख्ने, निकै मिलनसार, पराक्रमी र अरुलाई उपकार गर्ने प्रकारका हुन्छन् ।
पुसः यो महिनामा जन्मिने मानिसहरू निडर, कठोर, देवताहरूलाई नमान्ने र सुख–सुविधा उत्पन्न गर्ने खालका हुन्छन् ।
माघः यो महिनामा जन्मिने मानिसहरू वुद्धिमान, धनवान, निडर, निष्ठुर बचन बोल्ने प्रकारका हुन्छन् ।
फागुन : यो महिनामा जन्मिने मानिसहरू शुक्ल वर्ण भएको, अरुको उपकार गर्ने, धनवान, विद्यावान, सुखी र सधैँ विदेश भ्रमण गर्ने खालका हुन्छन् ।
चैतः यस महिनामा जन्मिने व्यक्ति दार्शनीक, अहंकाररहित, राम्रो कर्म गर्ने, रातो आँखा भएको र रिसाहा हुने गर्दछन् ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
