Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

रवि लामिछानेलाई खोया प्रहार गर्ने युवक रिहा

रवि लामिछानेलाई खोया प्रहार गर्ने युवक रिहा


  • बुधबार, पुष १८ २०८०
  • 546
    SHARES

    रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई खोया प्रहार गर्ने युवक रिहा भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय कास्कीले लमजुङका सन्तोष रानाभाटलाई मंगलबार साधारण तारेखमा रिहा गरेको हो ।

    गत पुस ७ गते सभालाई सम्बोधन गर्ने क्रममा पोखराको अमरसिंह चोकमा लामिछानेमाथि उनले खोया प्रहार गरेका थिए ।

    त्यसपछि पक्राउ परेका रानाभाटलाई लामिछानेले नथुन्न र कारबाही नगर्न भनेपनि प्रहरीले प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा अनुसन्धानका लागि भन्दै म्याद थपेको थियो ।

    उनलाई १० दिन म्याद थप भएको थियो । कास्की जिल्ला प्रशासनले उनलाई साधारण तारेखमा छोड्न आदेश दिएको कास्की प्रहरीका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक (डीएसपी) श्रवणकुमार विकले जानकारी दिए ।

    ‘उहाँ तारेखमा छुट्नुभएको छ,’ उनले भने, ‘प्रहरीले गर्नुपर्ने अनुसन्धान गरेको छ ।’

    उनीविरुद्ध अभद्र व्यवहार मुद्दा चलाइएको थियो ।

    प्रकाशित : बुधबार, १८ पुष २०८० , ०८:०८ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend