Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

आजदेखि ‘समुदायमा कांग्रेस’ १५ दिने अभियान

आजदेखि ‘समुदायमा कांग्रेस’ १५ दिने अभियान


  • आइतबार, माघ ७ २०८०
  • 481
    SHARES

    काठमाडौँ- सत्तारुढ नेपाली कांग्रेसले आज (माघ ७) देखि १५ दिनसम्म ‘समुदायमा कांग्रेस’ अभियान चलाउने भएको छ । माघ २२ सम्म चल्ने अभियानमा कांग्रेसका केन्द्रीय नेताहरूले गाउँटोलसम्म पुगेर जनताका समस्या सुन्ने छन् ।

    यो अभियानमा गाउँसम्म केन्द्रीय नेता र प्रतिनिधिहरु खटिने कांग्रेस प्रवक्ता मीन विश्वकर्माले खबरहबलाई बताए ।

    विश्वकर्माले भने, ‘गाउँघरमा कांग्रेस प्रतिनिधि गएर जनताका समस्या बुझ्ने र प्रतिवेदनका रूपमा ल्याएर महासमितिको बैठकमा प्रस्तुत गरिने छ ।’

    समुदायमा कांग्रेस अभियानका लागिपार्टीले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको प्रवक्ता विश्वकर्माले जानकारी दिए । ती प्रतिनिधिले जिल्लामा बैठक राखेर वडास्तरसम्म प्रतिनिधि खटाउने र समूह बनाएर छलफल गर्ने उनले बताए ।

    अभियानका लागि बनाइएको समूहका किसान, व्यापारी, विद्यार्थी, युवा, तथा विभिन्न समुदायसँग कांग्रेसले अन्तरक्रिया गर्ने प्रवक्ता विश्वकर्माको भनाइ छ ।

    कांग्रेसले यो अभियानका क्रममा सरकारमा रहँदा पार्टीप्रति सन्तुष्ट भए/नभएको विषय पनि जनतालाई सोध्ने नेताहरूले जानकारी दिए । प्रवक्ता विश्वकर्माले भने, ‘यो आमसभा जस्तो हुँदैन, गाउँको चिया गफ र कोठेगफ जस्तो हुन्छ ।’

    महासमिति बैठकमा प्रतिवेदन बुझाउनुपर्ने

    समुदायमा कांग्रेस अभियान अन्तर्गत आएको तल्लो तहको सुझाव तथा समस्याको प्रतिवेदनमाथि महासमिति बैठकमा गहन छलफल हुने कांग्रेस केन्द्रीय कार्यालयको सचिवालयले बताएको छ ।

    कांग्रेसले महासमिति बैठक फागुन ७ मा गर्दैछ । यसअघि मंसिर २३ मा बैठक बस्ने भनिएको थियो । जाजरकोट भूकम्पलाई बहना बनाएर पुस १६ मा सारिएको महासमिति बैठक फागुन ७ मा बस्न लागेको हो ।

    कांग्रेसको १४ औँ महाधिवेशन ०७८ मंसिरमा भएको थियो । फागुन ७ गते आयोजना हुने महासमिति बैठकले नीति तथा सिद्धान्तका विषयमा घनीभूत छलफल गर्ने सहमहामन्त्री महालक्ष्मी उपाध्यायले खबरहबलाई बताइन् ।यसका लागि पनि जनतासँग पुगेर एकपटक छलफल गर्नु आवश्यक रहेको उनको भनाइ छ ।

    महासमिति बैठकमा छलफल हुनुपर्ने एजेन्डाका विषयमा केन्द्रित भएर पनि छलफल तथा सुझाव संकलन हुन आवश्यक रहेको उनलेबताइन् ।

    कांग्रेसले महासमिति बैठकमा पेस गर्ने नीतिगत प्रस्ताव तयार गर्न उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा प्रस्ताव तयारी समिति गठन गरिएको छ । समितिमा केन्द्रीय पदाधिकारी र अर्थमन्त्री डा प्रकाशशरण महत सदस्य छन् ।

    यस्तै महासमिति बैठकमा सांगठनिक प्रतिवेदन महामन्त्री गगन थापाले पेस गर्ने कार्यक्रम छ ।  समसामयिक राजनीतिक प्रस्ताव भने अर्का महामन्त्री विश्वप्रकाश शर्माले पेस गर्ने बताइएको छ ।

    महामन्त्रीद्वयले दिए प्रशिक्षण

    ‘समुदायमा कांग्रेस अभियान’ कसरी गर्ने र कस्ता विषयवस्तु उठान गर्ने भन्ने सम्बन्धमा कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले प्रशिक्षण दिएका छन् । यसबारे माघ २ गते अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको थियो ।

    ‘मिसन ८४’ को झल्को
    राजनीतिक दलहरु आफ्नो–आफ्नो पार्टीको प्रचारका लागि पछिल्लो समय विभिन्न बहाना बनाएर जनतासँग पुगिरहेका छन् । उनीह्रुले जनता समस्या सुन्ने अभियान बताए पनि आगामी २०८४ मा हुने आम चुनावका लागि शक्ति आर्जन गर्ने तयारीको रुपमा यसलाई हेर्ने गरिएको छ ।

    यसअघि एमालेले पनि जनताका समस्या सुन्ने भन्दै १९ दिने महाकाली–मेची अभियान चलाएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीले पनि विकास आयोजनामाथिको खबरदारी अभियान घोषणा गरेको छ । सत्तारुढ माओवादीले समेत ‘घरघरमा माओवादी’ नाम दिएर संगठनात्मक अभियान गरिसकेको छ ।

    प्रकाशित : आइतबार, ७ माघ २०८० , ०७:५८ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend