logo

शुक्रबार, २६ भाद्र २०८३

शुक्रबार, भाद्र २६ २०८३

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको प्रथम राष्ट्रिय सम्मेलन आजदेखि

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको प्रथम राष्ट्रिय सम्मेलन आजदेखि


  • शुक्रबार, पुष १९ २०८१
  • 1K
    SHARES

    लोकसारथि, पुस १९, शुक्रबार । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालको प्रथम राष्ट्रिय सम्मेलन आज (शुक्रबार) सुरु हुँदै छ। 

    सो पार्टीका अनुसार काठमाडौँको भृकुटीमण्डपमा विशाल जनप्रदर्शन गर्दै आज प्रथम राष्ट्रिय सम्मेलन सुरु गर्न लागिएको हो। 

    र्‍यालीसहित हुने प्रारम्भ सभा कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टीका कार्यवाहक महासचिव सीपी गजुरेल, नेकपाका महासचिव विप्लव र नेकपा (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोलासहित आयोजक पार्टीका तर्फबाट महासचिव आहुति र केन्द्रीय सदस्य हीरादेवी दासले सम्बोधन गर्ने कार्यक्रम छ।

    सम्मेलनअन्तर्गत दुई दिनको बन्द सत्र भने भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा सम्पन्न हुने पार्टीले जनाएको छ।

    सम्मेलनबाट पार्टीले विचारधारात्मक तथा संगठनात्मक कार्यदिशामा थप विकास गरी प्रारम्भबाट नै वैज्ञानिक समाजवादी अर्थतन्त्र, राजनीति र संस्कृति निर्माणको कार्यदिशालाई अघि बढाउने वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले जनाएको छ। 

    प्रकाशित : शुक्रबार, १९ पुष २०८१ , ०३:०९ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend