logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

गुप्तेश्वर महादेव मन्दिर संरक्षणमा स्थानीय सरकार

गुप्तेश्वर महादेव मन्दिर संरक्षणमा स्थानीय सरकार


  • शुक्रबार, पुष १९ २०८१
  • 728
    SHARES

    भोजपुर- रामप्रसादराई गाउँपालिका-३ भुल्केमा रहेको गुप्तेश्वर महादेवको मन्दिर स्थानीय सरकारको सक्रियतामा निर्माण सम्पन्न भएको छ। केन्द्र सरकारको ३० लाख र गाउँपालिकाको ४० लाख गरी ७० लाख लागतमा मन्दिर र मन्दिर परिसरमा भौतिक संरचना निर्माण गरिएको हो।

    आफ्नो वडाका धार्मिक तथा पर्यटकीय क्षेत्रसँगै जलाधार क्षेत्रको संरक्षणलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिँदै वडाध्यक्ष रामु थापाले तीनधारे र भुल्के मुहानलाई जलवायु अनुकूलन कार्यक्रमअन्तर्गत संरक्षण गरिएको बताए।

    सुक्खा क्षेत्रका प्राकृतिक मुहानको संरक्षणका लागि ‘रिचार्ज’ पोखरीसमेत निर्माण गरिएका उनले जानकारी दिए।

    गुप्तेश्वर महादेव मन्दिरमा राम नवमी र बालाचर्तुदशीमा मेला लाग्ने गरेको छ। भोजपुर र खोटाङसँगै देशका विभिन्न स्थानबाट भक्तजन पूजार्चनानिम्ति आउने गरेका छन्।

    प्रकाशित : शुक्रबार, १९ पुष २०८१ , ०६:४२ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend