logo

बुधबार, २४ भाद्र २०८३

बुधबार, भाद्र २४ २०८३

छोराको प्रेमिकासँग बुबालै गरे विवाह, तर यस कारण धेरै रम्न पाएनन्

छोराको प्रेमिकासँग बुबालै गरे विवाह, तर यस कारण धेरै रम्न पाएनन्


  • शनिबार, पुष २० २०८१
  • 585
    SHARES

    बेइजिङ । बैंक अफ चाइनाका अध्यक्ष लिउ लियाङले आफ्नो छोराको प्रेमिकासँग विवाह गर्न उनलाई ब्रेकअप गर्न प्रभावित गरेको समाचार छ ।

    गत वर्षको नोभेम्बरमा बैंकको अध्यक्ष हुँदा १ सय २१ मिलियन युआन घुस लिएको तथा ३.३२ बिलियन युआन बारबारको अनधिकृत ऋण प्रवाह गरेको आरोपमा  निलम्बित मृत्यु दण्डको सुनाएपछि लिउ चर्चामा आएका थिए । 

    यसअघि उनी आफूभन्दा धेरै कम उमेरकी युवतीहरूसँगको प्रेमका लागि चिनिएका थिए । पहिलो पत्नीसँग सम्बन्ध विच्छेद गरेपछि उनले तीनवटा विवाह गरेका थिए । उनले चौथो विवाह आफ्नै छोराको प्रेमिकासँग गर्न पुगेका थिए ।

    केही चिनियाँ मिडियाले सन् २०२३ मा नै लिउको यस अनौठो विवाहको बारेमा समाचार प्रकाशित गरेका थिए । उनलाई त्यतिबेला बैंक अफ चाइना र कम्युनिस्ट पार्टीबाट हटाइएको थियो । समाचारमा उनले कसरी आफ्नो छोरालाई प्रेमिका छाड्न प्रभावित गरे र आफैले कसरी त्यही युवतीलाई प्रेममा पारे भन्नेबारे उल्लेख थियो । 

    ६३ वर्ष लिउको कम उमेरका युवतीप्रतिको मोह लुकेको थिएन तर उनले यसका लागि आफ्नै छोराको सम्बन्ध बिगार्छन् भन्ने चाहिँ कसैले सोचेका थिएनन् । 

    एक दिन लिउका छोराले आफ्नी प्रेमिकालाई पितासँग चिनाउन घर ल्याएका थिए । उनले आफूले विवाह गर्ने योजना बनाएको पनि सुनाएका थिए । तर, लिउ ती युवतीको सुन्दरताबाट यति मन्त्रमुग्ध बने, उनले ती युवतीलाई आफ्नो बनाउने सोचे ।

    आफ्नी हुने वाला बुहारीलाई भेटेको केही दिनपछि लिउले छोरालाई ती युवती ठिक नभएको र परिवारका लागि राम्रो नहुने भन्दै छाड्न बाध्य पार्न थाले । ती युवतीको ध्यान केवल परिवारको सम्पत्तिमा भएको भन्दै उनले छोरालाई भड्काउन थाले । 

    छोराले पितालाई सम्झाउने प्रयास गरे पनि अन्ततः दबाबमा आएर सम्बन्ध तोड्न बाध्य भए । लिउले त्यसपछि छोरालाई आफ्नो साथीको छोरीसँग जोडी मिलाइदिए । 

    यता, आफ्नो योजनाबाट छोराको अवरोध हटेपछि उनले ती पूर्वप्रेमिका लागि महँगो उपहार, गरगहना दिन थाले । अन्ततः ती युवती लिउको प्रेममा परिन् ।

    ब्रेकअप गरेको ६ महिनापछि लिउका छोराले आफ्नो पूर्वप्रेमिका आफ्नै कान्छी आमा बन्न लागेको खबर पाए । यसबाट उनी डिप्रेसनमा पुगे । उनको अवस्था यति खराब भयो कि उनलाई अस्पताल नै भर्ना गर्नुपरेको थियो ।

    यता, लिउले चौथो विवाहमा भने लामो समय रम्न पाएनन् । उनीमाथि भ्रष्टाचार मुद्दामा अनुसन्धान हुन थाल्यो । उनले आफ्नो पद पनि गुमाउन पर्‍यो ।

    प्रकाशित : शनिबार, २० पुष २०८१ , ०८:०५ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend