जनकपुरधाम । मधेस प्रदेशसभाको चौथो अधिवेशन आज (मंगलबार) दिउँसो १ बजेदेखि सुरु हुँदैछ ।
गत भदौ २९ गते बसेको प्रदेशसभाको तेस्रो अधिवेशनको बैठक लामो समयपछि बस्न लागेको हो ।
बैठकमा प्राकृतिक स्रोत र साधन समितिको प्रतिवेदन पेस गरिने प्रदेशसभा सचिवालयका सचिव वासु कोइरालाले जानकारी दिए ।
प्रदेशसभा बैठकको सबै तयारी पूरा भएकाे सचिवालयले जनाएकाे छ ।
प्रदेशसभाको चौथो अधिवेशनको पहिलो बैठकमा विभिन्न दलका नेताहरूले शुभकामना दिने कार्यसूचीमा उल्लेख छ ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
