logo

आइतबार, २८ भाद्र २०८३

आइतबार, भाद्र २८ २०८३

रास्वपाका सांसद हरि ढकालले लेखा समिति सभापति पोखरेलको राजीनामा मागे

रास्वपाका सांसद हरि ढकालले लेखा समिति सभापति पोखरेलको राजीनामा मागे


  • मंगलबार, माघ ८ २०८१
  • 507
    SHARES

    लोकसारथि, ८ माघ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा मागेका छन्। मंगलबार लेखा समितिको बैठकमा बोल्दै सांसद ढकालले सभापति पोखरेलको राजीनामा आवश्यक रहेको बताएका हुन्।

    सांसद ढकालले भने, “सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षको हुनुपर्छ।” उनले विगतका उदाहरणहरूलाई उल्लेख गर्दै सत्तारूढ दलका सांसदहरूले लेखा समिति सभापति नछाडेको विषयमा पनि ध्यानाकर्षण गराए। उनले थपे, “हिजो विगतमा के बिग्रेको थियो भनेर त्यही गर्नुपर्छ भन्ने होइन, लेखा समिति सभापति प्रतिपक्षीको हुने विश्वव्यापी मान्यता छ।”

    यसअघि नेकपा माओवादी केन्द्रले पनि पटक-पटक सभापति पोखरेलको राजीनामा माग्दै आएको थियो।

    सांसद ढकालको यो भनाइले संसदमा नयाँ बहसको सुरुवात गरेको छ, जहाँ सार्वजनिक लेखा समितिको सभापतिको पदको राजनीतिक निष्पक्षता र विश्वव्यापी मान्यता पुनः चर्चामा आएको छ।

    प्रकाशित : मंगलबार, ८ माघ २०८१ , ०७:३१ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend