logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

अखिल (क्रान्तिकारी) को अध्यक्षमा ६ जनाको उम्मेदवारी 

अखिल (क्रान्तिकारी) को अध्यक्षमा ६ जनाको उम्मेदवारी 


  • बुधबार, माघ ९ २०८१
  • 325
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलन अन्तर्गत नयाँ कार्यसमिति चयन अन्तर्गत अध्यक्षका लागि ६ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

    मंगलबार राति अवेरसम्म समय दिईएको मनोनयन दर्तामा अध्यक्षका लागिमात्र ६ जनाले मनोनयन दर्ता गरेका हुन् । अध्यक्षका लागि योगेन्द्र बुढा, उपदेश यादव, सुदिन पौडेल, हेमन्त राई, विजय प्रकाश सापकोटा र विश्वमणि थापाले उम्मेदवारी दिएका छन् ।

    सर्वसम्मतीमा नेतृत्व चयन गर्ने प्रयास भएपनि सफल नभएपछि मंगलबार साँझ मनोनयन दर्ता गरिएको थियो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आकाक्षीलाई निवासमा बोलाएर छलफल गरेका थिए । छलफलमा सहमति नजुटेपछि नेताहरुले प्यानल नै बलाएर उम्मेदवारी दिएको बताईएको छ । यसपटक प्रचण्डले आफू तटस्थ बस्ने र कसैलाई पनि समर्थन नगरेको बताएका छन् । यद्यपि अन्तिममा प्रचण्ड र उपमहासचिव जनार्दन शर्मानिकट विद्यार्थीबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

    २३ औँ राष्ट्रिय सम्मेलनबाट नयाँ नेतृत्वको छनोटका लागि माघ १२ गते निर्वाचन हुँदै छ ।केन्द्रीय नेतृत्वमा अखिल क्रान्तिकारीले उमेरहद लागू गरेको छ।

    जसअनुसार ३२ वर्षभित्रका अर्थात् २०४९ माघ ७ गतेपछि जन्मिएका प्रुतिनिधिले मात्रै केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य र आयोगका पदाधिकारी तथा सदस्यमा उम्मेदवारी दर्ता गर्न पाउनेछन्।

    गत असोज १० देखि १५ गतेसम्म भएको अखिल क्रान्तिकारीको सम्मेलनमा उमेर हदको विवाद चर्किएपछि बन्द सत्र स्थगन भएको थियो।

    यसलाई गत पुस १३ गते मतदानमार्फत ३२ वर्षे उमेर हद लगाउने नीति बहुमतले पास गरिएको थियो।

    प्रकाशित : बुधबार, ९ माघ २०८१ , ०६:०४ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend