logo

बुधबार, २४ भाद्र २०८३

बुधबार, भाद्र २४ २०८३

लिखु गाउँपालिकामा ‘लम्पी स्किन’ रोगको प्रकोप: किसानलाई सतर्कता अपनाउन आग्रह

लिखु गाउँपालिकामा ‘लम्पी स्किन’ रोगको प्रकोप: किसानलाई सतर्कता अपनाउन आग्रह


  • बुधबार, माघ ९ २०८१
  • 1.9K
    SHARES

    लोकसारथि, ९ माघ । ओखलढुङ्गाको लिखु गाउँपालिकामा चौपायामा लाग्ने ‘लम्पी स्किन’ रोगको प्रकोप देखिएको छ। पशु चिकित्सकहरूले किसानहरूलाई रोग फैलिन नदिन सतर्कता अपनाउन आग्रह गरेका छन्।

    ‘लम्पी स्किन’ गाईभैँसीमा भाइरसका कारण लाग्ने महामारी हो। यो रोगले चौपायामा उच्च ज्वरो आउने, दानापानी कम खाने, र दूध उत्पादन घटाउने असर गर्दछ। साथै, छालामा गोलो गिर्खा र गाँठा देखा पर्ने, जुन केही समयपछि हराउन सक्ने वा फुटेर घाउ हुने सम्भावना रहन्छ।

    घाउमा किरा र औँसा पर्ने, नाक र मुखभित्र, कल्चौँडा, र थुनमा घाउ हुने, आँसु, र्‍याल, सिँगान बग्ने, र चिप्रा कचेरा लाग्ने लक्षण देखिने चिकित्सकहरूले बताएका छन्। खुट्टा र जोर्नीमा सुन्निने समस्या पनि देखिने उल्लेख गरिएको छ।

    यस रोगको प्रकोपबाट बच्न पशुहरूलाई समयमै खोप लगाउन, सरसफाइमा ध्यान दिन, र संक्रमित पशुहरूलाई अलग राख्न चिकित्सकहरूले सुझाव दिएका छन्। रोग नियन्त्रणका लागि सरकारी निकायहरूले आवश्यक कदम चाल्नुपर्ने आवश्यकता रहेको छ।

    प्रकाशित : बुधबार, ९ माघ २०८१ , ०१:४४ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend