Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

कुन महिनामा जन्मिएका मानिस कस्ता हुन्छन् ? (ज्योतिषशास्त्रमा आधारित)

कुन महिनामा जन्मिएका मानिस कस्ता हुन्छन् ? (ज्योतिषशास्त्रमा आधारित)


  • बुधबार, पुष १८ २०८०
  • 1.5K
    SHARES

    मानिसको स्वभाव र भविष्य राशि, नक्षत्र, नाडी र गण अनुसार फरक फरक हुने गर्दछ । साथै जन्म महिना र बार अनुसार पनि फरक-फरक हुने गर्दछ । आज हामी तपाइँलाई जन्म महिनामा आधारमा कस्तो हुन्छ त्यस विषयमा चर्चा गर्दैछौँ ।

    बैशाखः बैशाख महिनामा उत्पन्न हुने मानिस भोगी (सर्वसुखयुक्त), धनवान, राम्रो चित्त र बिचार भएका, क्रोधवान, सुन्दर आँखा भएका, रुपवान, स्त्रीहरूलाई माया गर्ने स्वभावका हुन्छन् ।

    जेठः जेठ महिनामा जन्मिएका मानिसहरू विदेशमा बस्ने, शुभ चित्त र लामो आयु भएका व्यक्ति हुन्छन् ।

    असारः यो महिनामा जन्मिएका मानिसहरू धर्मात्मा, धन नाश हुने भएका कारण पीडित, सुन्दर वर्ण भएका र थोरै सुख भोग गर्ने हुन्छन् ।

    साउनः साउन महिनामा जन्मिएका मानिसहरू सुख, दुःख तथा हानी-लाभमा सधैँ एकनास हुन्छन् ।

    भदौः भदौ महिनामा जन्मिने मानिसहरू सधैँ खुसी रहने, धेरै बोल्ने, मधुर बोली भएको र सुन्दर व्यक्ति हुने गर्दछन् ।

    असोजः यो महिनामा जन्मिने मानिस सुन्दर रुप भएका, अत्यन्त पवित्र, गुणवान र धनी हुने गर्दछन् ।

    कार्तिकः यो महिनामा जन्मिएका मानिसहरू धनवान, कम बुद्धि, दुष्ट प्रवित्ति र पापी हुने गर्दछन् ।

    मंसिरः यो महिनामा जन्मिएका मानिसहरू मिठो बचन बोल्ने, धनवान, धर्ममा विश्वास राख्ने, निकै मिलनसार, पराक्रमी र अरुलाई उपकार गर्ने प्रकारका हुन्छन् ।

    पुसः यो महिनामा जन्मिने मानिसहरू निडर, कठोर, देवताहरूलाई नमान्ने र सुख–सुविधा उत्पन्न गर्ने खालका हुन्छन् ।

    माघः यो महिनामा जन्मिने मानिसहरू वुद्धिमान, धनवान, निडर, निष्ठुर बचन बोल्ने प्रकारका हुन्छन् ।

    फागुन : यो महिनामा जन्मिने मानिसहरू शुक्ल वर्ण भएको, अरुको उपकार गर्ने, धनवान, विद्यावान, सुखी र सधैँ विदेश भ्रमण गर्ने खालका हुन्छन् ।

    चैतः यस महिनामा जन्मिने व्यक्ति दार्शनीक, अहंकाररहित, राम्रो कर्म गर्ने, रातो आँखा भएको र रिसाहा हुने गर्दछन् ।

    प्रकाशित : बुधबार, १८ पुष २०८० , ०७:५९ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend