logo

बिहिबार, २५ भाद्र २०८३

बिहिबार, भाद्र २५ २०८३

ओडिशामा नेपाली विद्यार्थीको मृत्यु प्रकरण : ६ जना पक्राउ

ओडिशामा नेपाली विद्यार्थीको मृत्यु प्रकरण : ६ जना पक्राउ


  • बुधबार, फाल्गुन ७ २०८१
  • 845
    SHARES

    ७ फागुन, काठमाडौं । ओडिशाको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) को होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणमा हालसम्म ६ जनालाई पक्राउ गरिएको छ।

    भारतीय सञ्चार माध्यम दैनिक भास्करका अनुसार मंगलबार विश्वविद्यालयका एकजना भारतीय विद्यार्थी, तीन निर्देशक र दुई सुरक्षा गार्डलाई पक्राउ गरिएको छ।

    यस विषयमा अनुसन्धान गर्न ओडिशा सरकारले गृह विभागका अतिरिक्त मुख्य सचिव, महिला तथा बाल विकास विभागका प्रमुख सचिव र उच्च शिक्षा विभागका आयुक्त-सह-सचिव सम्मिलित उच्चस्तरीय तथ्य खोजी समिति गठन गरेको छ। फेब्रुअरी १६ को साँझ बीटेक तेस्रो वर्षकी विद्यार्थी लम्सालको शव कलेजको होस्टेलमा फेला परेको थियो। प्रारम्भिक रिपोर्टमा उनले आत्महत्या गरेको भनिएको थियो।

    घटनालाई लिएर नेपाली विद्यार्थीहरूले विश्वविद्यालय प्रशासनविरुद्ध विरोध प्रदर्शन गरेका छन्। उनीहरूले मृतकसँगै अध्ययनरत एक भारतीय विद्यार्थीले दुर्व्यवहार गरेको आरोप लगाएका छन्। उजुरीपछि पनि विश्वविद्यालयले अभियुक्तहरू विरुद्ध कारबाही नगरेको भन्दै विद्यार्थीहरूले आपत्ति जनाएका छन्।

    मृतक विद्यार्थीका काकाको छोराको उजुरीका आधारमा प्रहरीले भारतीय विद्यार्थीलाई पक्राउ गरी आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा मुद्दा दर्ता गरेको छ। भारतीय सरकारले गठन गरेको समितिले कानुनी र प्रशासनिक कारबाहीको सिफारिस गर्ने जनाएको छ। साथै, विद्यार्थीविरुद्ध भएको बल प्रयोग र दुर्व्यवहारका रिपोर्टहरूको अनुसन्धान भइरहेको र दोषीहरूमाथि कानुनी कारबाही गरिने बताइएको छ।

    प्रकाशित : बुधबार, ७ फाल्गुन २०८१ , ०८:२४ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend