logo

बिहिबार, २५ भाद्र २०८३

बिहिबार, भाद्र २५ २०८३

तुर्कीमा तख्तापलटको खतरा! इस्तानबुलका मेयर इक्रेम इमामोग्लू गिरफ्तार, देशव्यापी प्रदर्शन

तुर्कीमा तख्तापलटको खतरा! इस्तानबुलका मेयर इक्रेम इमामोग्लू गिरफ्तार, देशव्यापी प्रदर्शन


  • सोमबार, चैत्र ११ २०८१
  • 689
    SHARES

    लोकसारथि, इस्तानबुल

    बंगलादेशपछि अब तुर्कीमा पनि तख्तापलटको खतरा मडारिएको संकेत देखिएको छ। इस्तानबुलका मेयर इक्रेम इमामोग्लूलाई आइतबार औपचारिक रूपमा गिरफ्तार गरी जेल पठाइएपछि देशभर विरोध प्रदर्शन चर्किएको छ। इमामोग्लूमाथि भ्रष्टाचार र आपराधिक संगठन सञ्चालनको आरोप लगाइएको छ।

    तर, विपक्षी दल रिपब्लिकन पिपल्स पार्टी (सीएचपी) ले भने यो गिरफ्तारीलाई राष्ट्रपति रेसेप तैयप एर्दोगानको राजनीतिक षड्यन्त्र को रूपमा व्याख्या गरेको छ। यही कारण तुर्कीका विभिन्न शहरहरूमा हजारौं जनता सडकमा उत्रिएका छन्, जसले देशमा दशकौंपछि सबैभन्दा ठूलो विरोध प्रदर्शन निम्त्याएको छ।

    के हो पूरा मामला?

    इस्तानबुलका मेयर इक्रेम इमामोग्लूमाथि रिश्वत, जबरजस्ती असुली, ठगी, अवैध डेटा सङ्कलन र आपराधिक संगठन सञ्चालन जस्ता गम्भीर आरोप लगाइएको छ। यद्यपि, उनीमाथि आतंकवादसम्बन्धी आरोप भने खारेज गरिएको छ

    सीएचपीको दाबी अनुसार, यो गिरफ्तारी पूर्ण रूपमा राजनीति प्रेरित छ। इमामोग्लूलाई सन् २०२८ को राष्ट्रपति चुनावमा एर्दोगानको प्रमुख प्रतिस्पर्धी मानिएको थियो। उनी राष्ट्रपति उम्मेदवार बन्न सक्ने संभावना देखिएपछि सरकारले षड्यन्त्रपूर्वक उनीविरुद्ध मुद्दा लगाएर चुनावी दौडबाट हटाउन खोजेको विपक्षीको आरोप छ। तर, तुर्की सरकारले भने न्यायालय स्वतन्त्र रहेको र भ्रष्टाचारविरुद्ध कडा कारबाही गर्न आवश्यक भएको बताएको छ।

    देशभर प्रदर्शन, प्रहरीको बल प्रयोग

    इमामोग्लूको गिरफ्तारीपछि तुर्कीका प्रमुख शहरहरू इस्तानबुल, अंकारा र इज्मिर मा विरोध प्रदर्शन भड्किएको छ। सरकारविरुद्ध नाराबाजी गर्दै हजारौं प्रदर्शनकारी सडकमा ओर्लिएका छन्।

    स्थिति नियन्त्रण गर्न प्रहरीले आँसुग्याँस, पानीको फोहरा र प्लास्टिक गोलीको प्रयोग गरेको छ। प्रदर्शनकारीहरूले जवाफमा ढुङ्गा हान्ने र पटाका पड्काउने काम गरेका छन्। सरकारका प्रवक्ताले यी प्रदर्शनलाई “सडक आतंक” भन्दै कडा कारबाहीको चेतावनी दिएका छन्।

    यसैबीच, सीएचपीले इमामोग्लूको समर्थनमा “एकता मतदान अभियान” सुरु गरेको छ। पार्टीका नेता केमल किलिकदारोग्लूले भने, “यो केवल एउटा व्यक्तिको मुद्दा होइन, यो तुर्कीमा लोकतन्त्रमाथि हमला हो।”

    राष्ट्रपति एर्दोगान इमामोग्लूसँग डराएका छन्?

    इमामोग्लूले सन् २०१९ मा इस्तानबुल मेयरको चुनाव जित्दा एर्दोगानको पार्टीलाई ठूलो धक्का दिएका थिए। चुनावमा धाँधली भएको भन्दै दोहोर्याइएको मतदानमा उनी झनै ठूलो अन्तरले विजयी भएका थिए

    उनको बढ्दो लोकप्रियता देखेर एर्दोगानले २०२८ को राष्ट्रपति चुनाव अघि नै उनलाई हटाउन खोजेको विपक्षीको आरोप छ।
    सन् २०२२ मा इमामोग्लूलाई तुर्कीको सर्वोच्च चुनाव परिषदको अपमान गरेको आरोपमा दोषी ठहर गरिएको थियो। केही समयअघि मात्र उनको विश्वविद्यालय डिग्री रद्द गरिएको थियो, जसलाई राष्ट्रपति चुनाव लड्न नदिन गरिएको षड्यन्त्र को रूपमा हेरिएको छ।

    अब के होला?

    इमामोग्लूको गिरफ्तारीसँगै तुर्कीमा राजनीतिक संकट थप गहिरिएको छ। यदि प्रदर्शनहरू झन् चर्किए एर्दोगान सरकारमाथि ठूलो दबाब पर्न सक्ने आँकलन गरिएको छ। विपक्षी पार्टीहरूले अब इमामोग्लूको रिहाइका लागि संघर्ष गर्ने बताएका छन्।

    प्रकाशित : सोमबार, ११ चैत्र २०८१ , ०४:५६ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend