logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

युक्रेनको उत्तरपूर्वी क्षेत्रमा रुसको आक्रमण

युक्रेनको उत्तरपूर्वी क्षेत्रमा रुसको आक्रमण


  • मंगलबार, चैत्र १२ २०८१
  • 559
    SHARES

    एजेन्सी – युक्रेनसँगको युद्धविरामबारे छलफल गर्न अमेरिका र रुसी अधिकारीहरूले भेटेपछि रुसले उत्तरपूर्वी युक्रेनलाई लक्षित गरी मिसाइल आक्रमण गरेको छ । आक्रमणमा बालबालिकासहित ६० जनाभन्दा धेरै मानिस घाइते भएका बीबीसीले जनाएको छ ।

    सुमी शहरमा भएको आक्रमणपछि रुसलाई युक्रेनी अधिकारीले शान्ति सम्झौताको खोक्रो छलफल गर्नुभन्दा पहिले आक्रमण बन्द गर्नुपर्ने बताएका छन् । साउदी अरबमा हिजो अमेरिका र रुसबीचको पछिल्लो चरणको वार्तामा सन् २०२२ को सम्झौता पुनरावोलकन गरी ‘ब्ल्याक सी’ भएर आवतजावत गर्ने मालबाहक जहाज र निर्यातबारे छलफल भएको खबरमा उल्लेख छ । बदलामा रुसले मल निर्यात गर्न पश्चिमी प्रतिबन्धहरूबाट राहत खोजिरहेको बताएको छ ।

    रुस–अमेरिका वार्ता १२ घण्टासम्म वार्ता चलेको छ । यसबारे आज संयुक्त विज्ञप्ति निकालेर जानकारी दिने तयारी छ । रुसको निरन्तरको आक्रमणले युद्धविराम अन्त्य गर्ने प्रयास भने जटिल बन्दै गइरहेको छ । 

    प्रकाशित : मंगलबार, १२ चैत्र २०८१ , ०१:१३ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend