logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

तीन हप्तादेखि बेपत्ता रहेका नेपाली युवा अमेरिकामा मृत फेला

तीन हप्तादेखि बेपत्ता रहेका नेपाली युवा अमेरिकामा मृत फेला


  • शनिबार, चैत्र २३ २०८१
  • 1.2K
    SHARES

    – लोकसारथि समाचार डेस्क

    अमेरिकाको ओहायो राज्यमा तीन हप्तादेखि बेपत्ता रहेका एक नेपाली युवा मृत अवस्थामा फेला परेका छन्। मोरङ, उर्लाबारीका २८ वर्षीय निकेश आचार्य ओहायोस्थित Westerville क्षेत्रको हुभर बाँध (Hoover Dam) नजिक मृत भेटिएको पुष्टि भएको हो।

    निकेश आचार्य विगत ११ वर्षदेखि अमेरिका बसोबास गर्दै आएका थिए। पेशाले अभियन्ता (इन्जिनियर) रहेका उनले सन् २०१६ मा विवाह गरेका थिए र हाल ओहायो राज्यको पिकरिंगटन सहरमा श्रीमती, एक छोरा र एक छोरीसँग बस्दै आएका थिए।

    मार्च २४ देखिनै बेपत्ता थिए

    निकेश आचार्य गएको मार्च २४ तारिख राति ३:३० बजे घरबाट अचानक बेपत्ता भएका थिए। परिवारका अनुसार उनी राति सकुशल सुत्न गएका थिए तर बिहानसम्म घरमा फेला नपरेपछि प्रहरीलाई खबर गरिएको थियो। उनी प्रयोग गर्ने मोबाइल, वालेटलगायत निजी सामग्री घरमै रहेकोले परिवारमा चिन्ता थपिएको थियो।

    गाडी र शव दुवै एउटै स्थानमा भेटियो

    उनले चढ्ने गरेको टोयोटा RAV4 (२०१८ मोडल, ओहायो प्लेट KDP7492) पनि उनी मृत भेटिएको स्थान हुभयो बाँध नजिकै फेला परेको छ। अनुसन्धानमा संलग्न अधिकारीहरूले शवको प्रारम्भिक अवस्थाबारे विस्तृत विवरण सार्वजनिक नगरे पनि घटनास्थलबाट सङ्कलित प्रमाणका आधारमा अनुसन्धान अगाडि बढाइएको जनाइएको छ।

    विगत दुई वर्षदेखि ओहायोमा सपरिवार

    निकेश आचार्यले लामो समय नर्थ डाकोटामा इन्जिनियरिङ पेशामा काम गरेपछि दुई वर्ष अघि कोलम्बस नजिकैको पिकरिंगटनमा सपरिवार बसोबास गर्न थालेका थिए।

    हाल शव परीक्षण र घटनाको कारणबारे अनुसन्धान जारी रहेको अधिकारीहरूले जनाएका छन्। मृतकको परिवार, नेपाली समुदाय र अमेरिका स्थित नेपाली राजदूतावाससमेत घटनाबारे थप जानकारी लिइरहेका छन्।

    लोकसारथि परिवार मृत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछ।

    प्रकाशित : शनिबार, २३ चैत्र २०८१ , ०७:२२ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend