logo

बिहिबार, २५ भाद्र २०८३

बिहिबार, भाद्र २५ २०८३

गुल्मी जिल्ला समाज यूकेले वरिष्ठ उपाध्यक्ष रुद्र थापालाई बधाई ज्ञापन

गुल्मी जिल्ला समाज यूकेले वरिष्ठ उपाध्यक्ष रुद्र थापालाई बधाई ज्ञापन


  • आइतबार, चैत्र २४ २०८१
  • 1.2K
    SHARES

    लोकसारथि, २४ चैत । गुल्मी जिल्ला समाज यूकेका अध्यक्ष श्री रुद्र थापा मगर ५ अप्रिल २०२५ का दिन मगर संघ यूकेको आठौं अधिवेशनमा वरिष्ठ उपाध्यक्षको गरिमामय पदमा भारी मतान्तरको साथमा निर्वाचित भएका छन्। यसै अवसरमा, गुल्मी जिल्ला समाज यूके परिवारले उहाँलाई तथा नव कार्यसमितिका सम्पूर्ण सदस्यहरूलाई हार्दिक बधाई र शुभकामना दिइएको छ।

    श्री रुद्र थापाको मगर संघ यूकेमा गरिएको चुनावमा अद्वितीय सफलता प्राप्त गर्दा उनको समर्पण र नेतृत्वका गुणहरूलाई समाजका सदस्यहरूले उच्च मुल्यांकन गरेका छन्। यसैसँगै, गुल्मी जिल्ला समाज यूकेका महासचिव महलाल घिमिरेले पनि बधाई ज्ञापन गर्दै, श्री थापा लगायत नव कार्यसमितिको कार्यकालका लागि शुभकामना व्यक्त गरेका छन्।

    गुल्मी जिल्ला समाज यूकेका सबै सदस्यहरूको तर्फबाट यो बधाई समर्पित गर्दै, समाजले यो नयाँ कार्यसमितिको सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ। यो अवसरले आगामी दिनमा गुल्मी जिल्लाका मानवीय र सामाजिक कार्यमा थप प्रगति र एकता ल्याउने विश्वास समाजको छ।

    श्री रुद्र थापाको निर्वाचित भूमिकामा रहेका अनुभव र नेतृत्व क्षमताले गुल्मी समाजको विकास र समृद्धिमा योगदान पुर्याउने अपेक्षासहित समाजका सदस्यहरूले आगामी कार्यकालमा सफलता र सशक्त नेतृत्वको आशा गरेका छन्।

    प्रकाशित : आइतबार, २४ चैत्र २०८१ , ०३:१४ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend