logo

मंगलबार, २३ भाद्र २०८३

मंगलबार, भाद्र २३ २०८३

हनोई: भियतनामी संसदले केही वस्तु तथा सेवामा मूल्य अभिवृद्धि कर (VAT) मा छुट २०२६ सम्म लम्ब्याउने निर्णय

हनोई: भियतनामी संसदले केही वस्तु तथा सेवामा मूल्य अभिवृद्धि कर (VAT) मा छुट २०२६ सम्म लम्ब्याउने निर्णय


  • मंगलबार, असार ३ २०८२
  • 897
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।

    भियतनामको राष्ट्रिय सभाले मंगलबार केही वस्तु तथा सेवामा लागू हुँदै आएको मूल्य अभिवृद्धि कर (VAT) मा २ प्रतिशत छुट २०२६ को अन्त्यसम्म लम्ब्याउने निर्णय गरेको छ। यो निर्णय भियतनाम समाचार एजेन्सीले सार्वजनिक गरेको हो।

    नयाँ प्रस्तावअनुसार, चयनित वस्तु तथा सेवामा VAT दर १० प्रतिशतबाट घटाएर ८ प्रतिशत कायम गरिनेछ। यद्यपि, यो छुट दूरसञ्चार, वित्त तथा बैंकिङ, धितोपत्र, बीमा, रियल स्टेट तथा फलामजन्य उत्पादनजस्ता क्षेत्रहरूमा लागू हुनेछैन।

    छुटको दायरामा यातायात, ढुवानी (लजिस्टिक्स), सूचना प्रविधि सेवा तथा वस्तुहरू उत्पादन गर्ने व्यवसायहरू पर्नेछन्।

    भियतनामका वित्तमन्त्री न्युगेन भान थाङले भने, “यो छुटले उत्पादन तथा व्यापारिक गतिविधिलाई प्रोत्साहन दिनेछ र अन्ततः राज्यको राजस्व वृद्धिमा पनि टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।”

    प्रकाशित : मंगलबार, ३ असार २०८२ , १०:४४ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend