logo

मंगलबार, २३ भाद्र २०८३

मंगलबार, भाद्र २३ २०८३

गोली हानेर १० जनाको हत्या, ३ दिन राष्ट्रिय शोक

गोली हानेर १० जनाको हत्या, ३ दिन राष्ट्रिय शोक


  • बिहिबार, पुष १८ २०८१
  • 585
    SHARES

    काठमाडौं– युरोपेली देश मोन्टेनेग्रोमा गोली चल्दा दुई बच्चासहित १० जनाको मृत्यु भएको छ। 
    चार जना गम्भीर घाइते छन्।

    यो घटनापछि मोन्टेनेग्रो सरकारले विहीबारदेखि तीन दिनसम्म राष्ट्रिय शोक घोषणा गरेको छ।

    प्रहरी अधिकारीहरुका अनुसार देशको दक्षिणी क्षेत्रको रेष्टुरेन्टमा बुधबार एक हतियारधारीले आक्रमण गरेका थिए। आक्रमणपछि उनले आफैंलाई गोली हानी आत्महत्या गरेका थिए।

    सरकारका गृहमन्त्रीका अनुसार बन्दुकधारीले एकै परिवारका सदस्य, रेष्टुरेन्ट मालिक र दुई बच्चाको हत्या गरेका हुन्। यो घटनालाई उनले ‘भयानक घटना’ भनेका छन्।

    समाचार एजेन्सी एएफपीका अनुसार गोली लागेर चार जना घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ।

    प्रकाशित : बिहिबार, १८ पुष २०८१ , ०५:५६ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend