एजेन्सी – उत्तर पश्चिम पेरुमा एउटा बस नदीमा खस्दा छ जनाको मृत्यु तथा १७ जना बेपत्ता भएका छन् ।
अधिकारीहरूका अनुसार बस बिहीबार साँझ लिमाबाट उत्तरी पेरुको पोमाबाम्बाका लागि छुटेको थियो । उक्त बस शुक्रबार बिहान पाकोसबाम्बा नदीमा खसेको थियो, जसमा १७ जना यात्रुहरू हालसम्म बेपत्ता रहेका छन् ।
स्थानीय मिडियाले सडकको खराब अवस्थालाई सम्भावित कारणको रूपमा उद्धृत गरेका छन् । घटनास्थलमा प्रहरी र सिभिल डिफेन्स टोली तैनाथ भएकाले उद्धार कार्य जारी रहेको छ ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
