logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

अमेरिकामा भीषण हिमपात, सात राज्यमा आपतकाल घोषणा

अमेरिकामा भीषण हिमपात, सात राज्यमा आपतकाल घोषणा


  • सोमबार, पुष २२ २०८१
  • 416
    SHARES

    काठमाडौं -अमेरिकामा आएको भीषण हिम आँधीका कारण करिब ६ करोड मानिस प्रभावित भएका छन् भने धेरै राज्यमा आपतकाल घोषणा गरिएको छ । केन्टकी, भर्जिनिया, वेस्ट भर्जिनिया, कान्सास, अर्कान्सास, न्यू जर्सी र मिसौरी लगायतका सात राज्यहरूले आपतकाल घोषणा गरेका छन् ।

    हिमपातका कारण यी राज्यका प्रायः सबै राजमार्ग बन्द भएका छन् । प्रशासनले सडक प्रयोग नगर्न चेतावनी दिएको छ। हजारौं उडानहरू रद्द गर्नु परेको छ र विद्यालयहरू बन्द गरिएका छन् । भारी हिमपात र न्यूनतम तापक्रमले पछिल्लो दशकको रेकर्ड तोडेको छ ।

    कन्सास र मिसौरी अहिले सबैभन्दा बढी प्रभावित छन् । आइतबार दिउँसोदेखि केही क्षेत्रमा १२ इन्चसम्म हिमपात भएको छ । कान्सासका अधिकारी ब्रायन प्लाटले भने, ‘पछिल्लो ३२ वर्षमा मैले १० इन्चभन्दा बढी हिमपात देखेको थिएन ।’

    मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको मध्यदेखि पूर्वी तटसम्म करिब ३० अमेरिकी राज्यमा अवस्था गम्भीर हुने अनुमान गरिएको छ । मौसमविद्हरू भन्छन् कि खराब मौसमको कारण ध्रुवीय भोर्टेक्स (आर्कटिक वरपर चिसो हावाको प्रवाह) हो । राजधानी वाशिंगटन डीसी र फिलाडेल्फिया लगायत धेरै ठूला शहरहरूमा भारी हिमपात हुने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाले सोमबारदेखि खराब मौसमबाट राहत हुने जनाएको छ । एजेन्सी

    प्रकाशित : सोमबार, २२ पुष २०८१ , ०४:२९ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend