logo

शुक्रबार, ८ साउन २०८३

शुक्रबार, साउन ८ २०८३

उदयपुरको अमलचौरीमा युवक र किशोरीको शव रहस्यमय अवस्थामा फेला

उदयपुरको अमलचौरीमा युवक र किशोरीको शव रहस्यमय अवस्थामा फेला


  • बुधबार, असार ४ २०८२
  • 1.5K
    SHARES

    – लोकसारथि संवाददाता, काठमाडौं ।

    उदयपुरको चौण्डीगढी नगरपालिका–४, अमलचौरीमा एक युवक र एक किशोरीको शव रहस्यमय परिस्थितिमा फेला परेको छ। बुधबार बिहान स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

    इलाका प्रहरी कार्यालय बेल्टार चौण्डीगढीका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) बबिन राईका अनुसार मृतकहरूमा अमलचौरीका २८ वर्षीय रविन राई र १४ वर्षीया किशोरी मञ्जु राई रहेका छन्। इन्स्पेक्टर राईका अनुसार मञ्जुको शव गाउँको बाटोमै लडिरहेको अवस्थामा भेटिएको हो भने सो स्थानबाट करिब दुई सय मिटर पर रविनको शव रुखमा झुन्डिएको अवस्थामा फेला परेको छ।

    स्थानीयवासीले बिहानै शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाएपछि घटनास्थल पुगेको प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा दुईवटै शव फेला पारेको जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङले दुबै शव फेला परेको पुष्टि गर्दै घटनाको अनुसन्धान सुरु भएको जानकारी दिए। उनले भने, “घटना कसरी र किन घट्यो भन्ने यकिन खुल्न बाँकी छ। कानुनी प्रक्रिया अनुसार शव उठाउने र घटनाको कारण पत्ता लगाउने अनुसन्धान सुरु भइसकेको छ।”

    प्रहरीले घटनास्थलमा पुगेर आवश्यक प्रमाण संकलन गरिरहेको र पोस्टमार्टम रिपोर्टपछि थप तथ्य आउन सक्ने जनाइएको छ। हाल घटनालाई लिएर स्थानीयवासी स्तब्ध छन् भने सो क्षेत्रका बासिन्दामा त्रास फैलिएको छ।

    प्रकाशित : बुधबार, ४ असार २०८२ , १०:१८ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend