logo

मंगलबार, २३ भाद्र २०८३

मंगलबार, भाद्र २३ २०८३

सोमबार सार्वजनिक बिदा

सोमबार सार्वजनिक बिदा


  • शनिबार, पुष २७ २०८१
  • 845
    SHARES

    काठमाडौं ।

    सुदूरपश्चिम प्रदेश सरकारले पौष २९ गते सार्वजनिक बिदा दिएको छ। थारु समुदायको माघी पर्वको अघिल्लो दिन जिताको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ।

    प्रदेश राजपत्रमा पनि पौष २९ गते जिता पर्व भनेर उल्लेख छ। पौष अन्तिम दिन थारु समुदायमा बङ्गुर (जिता) मारेर सामूहिक रूपमा पर्व मनाउने प्रचलन छ।

    थारु समुदायमा माघी पर्वलाई नयाँ वर्ष मान्ने प्रचलन छ। सो अवसरमा माघ १ गते भने सङ्घीय सरकारले राष्ट्रिय पर्वको रूपमा नै बिदा दिँदै आएको छ। 

    प्रकाशित : शनिबार, २७ पुष २०८१ , ०१:४२ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend