logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

भागबन्डा नमिलेकोले नागरिक उन्मुक्ति पार्टी सरकारमा नजाने

भागबन्डा नमिलेकोले नागरिक उन्मुक्ति पार्टी सरकारमा नजाने


  • मंगलबार, साउन ९ २०८०
  • 481
    SHARES

    धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टी सरिक नहुने भएको छ ।
    केन्द्रिय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई पत्र पठाउँदै आफूहरू सरकारमा सहभागी नहुने जानकारी गराएकी छन् ।

    पत्रमा श्रेष्ठले पार्टी केन्द्रको निर्णय र सहमति अनुसार प्रदेश सरकारमा मन्त्रालयको भागबण्डा नमिलेकाले सहभागी नहुने जनाएकी हुन् ।

    नागरिक उन्मुक्ति पार्टीले मंगलबार प्रदेश सरकारमा सहभागी हुने तयारी गरेको थियो । सोही अनुसार दलको कार्यालयले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा रामेश्वर चौधरी र राज्यमन्त्रीमा लक्ष्मण चौधरीको नाम सिफारिस गरेको थियो ।

    मन्त्री सिफारिस पछि उन्मुक्ति भित्र असन्तुष्ट प्रदेश सभा सदस्यहरूले नियुक्ति तथा शपथ कार्यक्रम नगर्न मुख्यमन्त्रीसंग अनुरोध गरेका थिए ।
    नेउपा की अध्यक्ष श्रेष्ठले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी सम्हालेकी छन् ।

    प्रकाशित : मंगलबार, ९ साउन २०८० , ०७:२४ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend