Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

मनोरञ्जनको अवसरमा रुपान्तरित आजको ‘हरितालिका तीज’

मनोरञ्जनको अवसरमा रुपान्तरित आजको ‘हरितालिका तीज’


  • सोमबार, असोज १ २०८०
  • 1K
    SHARES

     

    असोज १ गते । आज देशभरका नारीहरुले विभिन्न ठाउँमा विभिन्न कार्यक्रम गरेर तीज पर्व मनाएका छन् । आजदेखि २०८० सालको तीज पनि समाप्त भयो । सबैतिर रमाइलै रमाइलोको माहोल देख्न सकिन्छ । कतिपय ठाउँमा अपराधिक गतिविधिहरु पनि भएका छन् । पाल्पाको घोडेबासमा आयोजित एक कार्यक्रममा साथी साथीहरुबीचको झगडाले २४ वर्षीय सुनिल खत्रीको मृत्यु भएको छ । २० वर्षीय तिलक पुनसमेत गरि चारजनालाई हत्या आरोपमा प्रहरीले पक्राउ गरेको छ । यो दुःखलाग्दो घटना तीज पर्वमा भित्रिएको विकृति विसँगतिकै प्रतिफल हो । यो वर्ष चलेका र भर्खरै उदित भएकाहरुले तीज गीत बजारमा ल्याउने गर्छन् तर यो वर्ष तीज गीत ल्याउनेहरुको संख्या धेरै घटेको छ । कार्यक्रमहरुमा दर्शकहरुको उपस्थिति पनि सोचेभन्दा धेरै कम थियो । पौराणिक मान्यता अनुसार प्रत्येक वर्ष मनाइने हरियाली तीज पर्व भगवान भोलेनाथ र माता पार्वतीको मिलनको सम्झनामा मनाइन्छ । भनिन्छ कि माता पार्वतीले भगवान भोलेनाथलाई पतिको रुपमा प्राप्त गर्न निकै कठोर तपस्या गरेकी थिइन् । शिव पुराणका अनुसार माता पार्वती माता सतीको रूप थिइन् भन्ने पनि बताइएको छ ।

    सती र पार्वतीको जन्म कथा

    दक्ष प्रजापतिकी सबै छोरीहरु गुणवती थिए । तर पनि दक्षको मनमा सन्तोष थिएन । उनले सर्व शक्ति सम्पन्न पुत्री लाभका लागि कठोर तप गर्न थाले । तपबाट भगवती आद्या प्रसन्न भएर एकदिन प्रकट भएर दक्षसँग भन्नुभयो — म तिम्रो तपबाट खुशी छु । तिमीले किन तप गरेको ? दक्षले कारण बताए । भगवती आद्याले भन्नुभयो म स्वयं पुत्री रुपमा तिम्रो परिवारमा जन्म लिन्छु । मेरो नाम सती हुने छ ।

    वचन अनुसार भगवती आद्याले सतीको रुपमा दक्षको परिवारमा जन्म धारण गर्नुभयो । उहाँ अन्य पुत्रीहरुभन्दा अलौकिक दिव्य शक्ति सम्पन्न हुनुहुन्थ्यो । जब सतीको उमेर विवाह योग्य भयो दक्षलाई उहाँको कन्यादान सम्बन्धमा चिन्ता लिन थाले । परामर्शका लागि दक्ष ब्रह्माजीसँग परामर्श लिए । ब्रह्माले सतीका लागि सर्वयोग्य वर भोलेनाथ भएको बताए ।
    दक्षले ब्रह्माजीको सल्लाह अनुसार भगवान भोलेनाथसँग सतीको विवाह गरिदिए ।

    एकबार देवलोकमा ब्रह्माले धर्मको निरुपणका लागि एक सभा अयोजन गरेका थिए । सबै देवताहरु सभामा उपस्थित थिए । भगवान भोलेनाथ पनि सभामा बस्नुभएको थियो । सभाहलमा दक्षको आगमनसँगै सबै देवताहरु एठेउठेर सम्मान पूर्वक प्रणाम गरे तर भोलेबाबा आसनबाट उठ्नु भएन । दक्षले उनको व्यवहारलाई आफूप्रतिको अपमानका रुपमा बुझे । उतिबेलादेखि नै दक्ष भोलेनाथसँग बदला लिन अवसरको प्रतीक्षामा थिए ।
    एकबार दक्षले आफ्यमा ठूलो यज्ञ आयोजन गरेका थिए जसमा समस्त देवी देवताहरुलाई निम्ता थियो तर भगवान भोलेनाथ र सतीलाई निम्ता दिइएन । सतीले प्रश्न गर्नुभयो–‘के मेरा पिताले हजुरलाई निम्ता गर्नुभएन ?
    ‘‘तिम्रो पिताको मनमा मेरा लागि वैर भाव छ, उहाँले मलाई किन बोलाउनुन्थ्यो र ?’’

    ‘‘त्यस यज्ञमा मेरा सबै दिदीहरु अवश्य आउनुन्छ । उहाँहरुसँग भेटेको धेरै भयो ।म गएँ भने भेट पनि हुन्छ ।’’ सतीले मनमा सोच्नु भयो अनि नाथसँग भन्नुभयो–‘‘हजुरको अनुमति भयो भने म पिताको घर जान चाहन्छु । यज्ञमा सम्मिलित हुन्छु र दिदीहरुसँग पनि भेट हुन्छ ।’’

    ‘‘येतिबेला त्यहाँ जानु उचित हुन्न । तिम्रो पिता मप्रति खुशी हुनुहुन्न, सम्भवतः तिम्रो पनि अपमान गर्नुहुन्छ उहाँले । कसैको घर नबोलाएसम्म जान उचित हुन्न ।’’ नाथले सतीलाई भन्नु भयो ।
    भोलेनाथले भन्नुभयो–‘‘विवाहिता छोरी नबोलाएसम्म आफ्नो माइत जानुहुन्न, किनकि विवाह पश्चात् ऊ आफ्नो पतिको हुन्छिन् । पिताको घरदेखि उनको सम्बन्ध टुटीसकेको हुन्छ ।’’
    परन्तु सती पिताको घर जाने अडानलाई छोड्नु भएन । जसका कारण नाथले जाउ भन्दै अनुमति दिनुभयो । सतीसँग नाथले आफ्नो गणलाई पनि पठाए जसको नाम वीरभद्र थियो ।
    माइत गएपछि कसैले पनि सतीसँग मनखोलेर कुरासम्म गरेनन् । दक्षले उनीलाई देखेर भने–‘‘के तिमी मेरो अपमान गराउन यहाँ आएकी हौ? आफ्ना दिदीहरुलाई त हेर, कति मूल्यवान अलंकार र सुन्दर वस्त्रले सुसज्जित छन् । तिम्रो शरीरमा केवल बाघाम्बर छ ।’’

    दक्षको कुरा सुनेर सतीले नाथले सही भन्नुभएको रहेछ । म यहाँ आउनु नै हुन्थेन । तर अब आइसकेँ । मेरा नाथको यत्रो अपमान ! जस्ता कुराहरु मनमा खेलाउन थाल्नुभयो ।
    पिताको कटु वचन र अपमान सुनेर सती मौन रहनुभयो । चुप लाग्दै उहाँ त्यस यज्ञमण्डलतिर बढ्नु भयो जहाँ सबै देवता र ऋषिमुनिहरु थिए । यज्ञकुण्डमा धूधू गर्दै प्रज्वलित अग्निमा आहुति हालिदै थियो ।
    मौनता तोडेर सतीले पितालाई सम्बोधन गर्दै सोध्नुभयो–‘‘पितृश्रेष्ठ ! यज्ञमा सबैको भाग देखियो तर कैलाशपतिको भाग छैन । हजुरले उहाँको भाग किन राख्नुभएन ?’’

    ‘‘तिम्रो पतिलाई मैले देवताको श्रेणीमा राख्दिन । उनी भूतहरुका नायक हुन् । नग्न बस्छन् । बाघको छाला धारण गर्छन् । उनी देवाहरुको श्रेणीमा राख्न योग्य नै छैनन् । उनलाई कसले भाग दिन्छ ?’’ दक्षले उत्तर दिए ।
    ती शब्द सुन्नसाथ सतीका नेत्र राता भए । उनको मुखमण्डल प्रलयकारी सूर्य जस्तै तेजोमय भयो । सती पीडाबोधका साथ गर्जिनु भयो–‘‘ओह ! मैले यी शब्दहरु कसरी सुन्दै छु, मलाई धिक्कार छ । देवताहरु तपाईहरुलाई पनि धिक्कार छ ! जो मंगलकारी हुनुहुन्छ, क्षणभरमा सृष्टि नष्ट गर्ने शक्तियुक्त हुनुहुन्छ । तपाईहरुले उहाँको बारेमा यी शब्द कसरी सुन्दैहुनुहुन्छ । उहाँ मेरा स्वामी हुनुहुन्छ । नारीका लागि उसको पति नै स्वर्ग हो । जुन नारीले आफ्ना पतिका बारेमा अपमानसूचक शब्द श्रवण गर्छ उसलाई नर्क जानुपर्छ । हे पृथ्वी सुन, आकाश सुन र देवताहरु तपाईहरु पनि सुन्नुहोस् ! मेरा पिताले मेरा स्वामीको अपमान गर्नुभयो । म अब एक क्षण पनि जीवित रहन चाहन्न ।’’ सतीले आफ्ना कुरा बोलेर सक्नासाथ यज्ञकुण्डमा तीव्र गतिमा हाम फाल्नुभयो । आहुतिसँगै उनको शरीर अग्निमा प्राणहीन भयो ।

    यता वीरभद्रको क्रोधले सीमा नाघीसकेको थियो । उनले दक्षको मस्तक काटेर शरीरको दुई टुक्रा पारिदिए । उफ्रि उफ्रि यज्ञलाई ध्वस्त पारे । यज्ञमण्डपमा भागाभाग भयो । घटनाको समाचार कैलाशपतिसम्म पुग्यो । खबर पाउनसाथ भोलेनाथ प्रचण्ड आँधीको वेगमा दक्षको राज्यमा पुग्नुभयो । सतीको त्यो अवस्था देखेर भोलेनाथले स्वयंलाई नै बिर्सिनुभयो । माँ सतीको जलेको शरीरलाई काँधमा राखेर सबै दिशामा भ्रमण गर्न थाल्नुभयो । सृष्टिका पालक भगवान विष्णुले कैलाशपतिको बेसुध अवस्थामा सतीका एक एक अंग चक्रले काट्दै गिराउनु भयो । सतीको शरीर टुक्रा टुक्रा भइ जमिनमा गिरेपछि भगवान भोलेनाथ सामान्य अवस्थामा फर्किनु भयो । जुन जुन स्थानमा सतीको शरीरको विभिन्न भाग खसेको थियो त्यो आज कुनै न कुनै शक्तिपीठ मानिन्छन् ।

    पार्वतीको रुपमा जन्म

    यज्ञकुण्डमा हाम फाल्दा सतीले संकल्प गर्नुभएको थियो कि राजा हिमालयको घरम जन्म लिएर भोलेनाथको अद्र्धाङिगनी बनुँ । त्यसै उहाँ उचित समय आएपछि राजा हिमालयकी पत्नी मेनकाको गर्भमा प्रविष्ट भएर उनको कोखबाट फेरि प्रकट हुनुभयो । हिमालय (पर्वतराज)की पुत्री भएकोले सतीको नाम पार्वती रहन गयो ।

    माता सतीको पुनर्जन्म हिमालय राजाकी छोरीका रूपमा भएको थियो, यस जन्ममा उनको नाम पार्वती थियो। देवी पार्वती सानैदेखि भोलेनाथको भक्त थिइन्, उनी सधैं भगवान भोलेनाथलाई आफ्ना आराध्य देवको पूजा गर्थिन् । एक दिन देवर्षि नारद जी हिमालय राजाकहाँ आएर भने, हे राजा, भगवान विष्णु तपाईको छोरी पार्वतीको भक्ति देखेर धेरै खुशी हुनुहुन्छ । देवर्षि नारदजीको वचन सुनेर हिमालयराज अति प्रसन्न भए।

    त्यसपछि नारद जी भगवान विष्णुकहाँ गए र भने कि हिमालय राजाले आफ्नी छोरी पार्वतीको विवाह तपाईसँग गराउन चाहन्छन् ! यो सुनेर भगवान विष्णुले यो विवाहलाई स्वीकृति दिनुभयो । त्यसपछि देवर्षि जी देवी पार्वतीकहाँ गए र भने कि पार्वती, तिम्रो पिताले तिम्रो विवाह विष्णुजीसँग तय गर्नुभएको छ। यो सुनेर पार्वतीले आफ्नो बुवालाई विष्णुजीसँग विवाह नगर्ने बताइन् । देवी पार्वतीले विष्णुसँगको विवाह प्रस्तावलाई अस्वीकार गरिन् । पार्वतीका पिताले भने हामीले तिम्रो विवाह तय गरिसकेका छौं र अब तिम्रो विवाह विष्णुसँग मात्र हुनेछ।

    त्यसपछि माता पार्वतीले आफ्ना साथीहरूसँग दरबार छोडेर घना जंगलमा गइन् । पतिरुपमा मनैमन वरण गरेर भोलेनाथकै रातदिन स्मरण गर्दै तपस्यामै लीन भइ पूर्ण भक्तिका साथ दिनहुँ ध्यान जप गर्न थालिन् । माता पार्वतीको यो कठोर तपस्याबाट प्रसन्न भएर भगवान भोलेनाथले देवी पार्वतीलाई दर्शन दिनुभयो र पार्वतीको इच्छा के हो सोध्नुभयो । माता पार्वतीले भनिन् — मेरो बुबाले भगवान विष्णुसँग मेरो इच्छा विपरीत विवाह तय गर्नुभएको छ ।
    तर  मैले हजुरलाई मेरो पतिको रूपमा रोजेको छु । हे देवताहरूका भगवान, कृपया मलाई आफ्नो पत्नीको रूपमा स्वीकार गर्नुहोस्। यसैबीच पार्वतीका पिता उनलाई खोज्दै त्यहाँ पुगे, उनले देखे कि भगवान भोलनाथले माता पार्वतीलाई उनको इच्छा पूर्ण गर्न प्रतिबद्धता स्वरुप आशीर्वाद दिएका थिए। त्यसपछि भगवान भोलेनाथसँग माता पार्वतीको विवाह निकै धूमधामका साथ भयो।
    कैलाशपतिलाई पतिको रुपमा पाउनका लागि पार्वतीले ३००० वर्षसम्म कठोर तप गर्नुभएको थियो ।

    त्यसपछि भगवान भोलेनाथसँग पार्वतीको मिलन (विवाह) भयो । त्यही मिलन भएको दिनको सम्झनामा तीज पर्व हाम्रा पुर्खाहरुले मनाउँदै आएको मान्यता छ ।
    तीजमा विवाहिता महिलाहरु आफ्नो पतिको दीर्घायु, सुस्वास्थ्य, समृद्धि र सफलताको कामना सहित माता पार्वती झै भोलेनाथको स्मरण गर्दै निराहार व्रत बस्छन् । भजन, कीर्तन गाएर श्रद्धा र भक्ति भावको सकारात्मक ऊर्जा वातावरणमा यत्रतत्र फैलाउँछन् । भोलेनाथ र पार्वतीको मिलनको खुशियालीमा सबैले सामूहिक भजनको ताल लयमा नाचगान पनि गर्छन् । स्वादिष्ट तर सात्विक भोजनलाई आहारमा सम्मिलित गरिन्छ ।

    हरितालिकाको अर्थ

    तीज भदौ महिनाको शुक्लपक्षको तृतीयाका दिन मनाइन्छ । यो पर्व हरितालिकाको नामले पनि चिनिन्छ । ‘हरित’को अर्थ हरण र ‘आलिका’ को अर्थ साथी हुन्छ । भगवान विष्णुसँग पार्वतीको विवाह तय भएपछि विवाहबाट जोगाउन उनका सखीहरुले जंगलमा लगेर लुकाएका थिए । यही कारण हो तीजलाई हरितालिका भन्नुको ।

    पार्वती र कैलाशपतिको विवाह भएको शुभ अवसरमा गरिएको उत्सवको देखासिकी गरेर आजको आधुनिक समाजले जन्ती जाँदा दुलहाको ससुराली र दुलही लिएर आए पछि आफ्नै घरमा विवाहको प्रितीभोज भनेर दुलहा दुलहीको मिलनको खुशियाली मनाउँछ ।

    मनोरञ्जनको अवसरमा रुपान्तरित तीज

    विद्यालय, कलेज, सामाजिक संघ–संस्थाहरुले तीज मिलन कार्यक्रमको आयोजना गर्दछन् । लक्ष्य उही मनोरञ्जन । तीजलाई कसरी र किन मनाउनु पर्छ भन्ने कुराको ज्ञान सम्भवतः धेरैलाई छैन । पिउँदिन भन्दा भन्दै पिलायो साथीले भन्ने बोलको गीत बजाएर पनि होटेलमा तीज मनाएको देखियो । जेलैमा हो जेलैमा चरी जेलैमा, हाई मेरो बलमा तीजै लायो आहा, कमाउने नि हो रमाउने नि हो, बीस वर्ष पाखुरी माइतीलाई दिएको कल्ले देख्यो र?, छैन नि साइली हाम्रो नि कमको घुमाउरो जुँगा मेरो प्रितमको, पहिला पहिला दुर्गेश नाच्यो बीच बीचमा, कोइका बुढा असल, खराब हुने कोइका, तीजका चेली देख्छु रेलिमै जुन जस्तो उजेली, जस्ता मनोरञ्जनात्मक गीति विडियोहरु बजारमा ल्याइएको छ जसलाई बजाएरै रमाइलो गरिन्छ । केही ठाउँहरुमा स्टेजमा तीज कार्यक्रम गरिन्छ । निर्णायक मण्डलसहितका कार्यक्रम पनि हुन्छन् । तर सबै पर्व मनाउने क्रमको सिलसिलामा पर्व मनाउनलाई मात्र ।

    आजको तीज फरक शैलीको हुन गयो किनकि मानिसको चिन्तन नै फरक भइसकेको छ । तीज उत्सवको उद्देश्य र तरिकामै डरलाग्दो परिवर्तन आइ सकेको छ । ठुला–ठुला होटल र रेस्टुरेन्टहरुमा तीजभन्दा तीन महिना अघिदेखि नै तामसिक भोजन र अश्लिल गायन नृत्यसहितको कार्यक्रम गरिन्छ । नारीको गुण स्वभाव लुप्त हुने संघारमा छ । हरितालिका तीज केवल मनोरञ्जनमा रुपान्तरण हुँदैछ । समाज कतातिर जाँदै छ ? यो ज्यादै चिन्ताको विषय हो ।

    व्रत र पतिव्रताको अर्थ

    अहिलेको आधुनिक समाजमा धेरै नै परिवर्तन आइसकेको छ । तीजको सम्बन्ध जीवनसाथी अथवा पतिसँग रहेकाले विवाहिताले पतिको सुखको कामना र अविवाहिताले असल पति प्राप्तिको कामनाले व्रत राख्दछन् । दृढ अठोट वा संकल्प भनेकै व्रत हो । व्रत बसेको छु भन्दा मैले खाना खादिन भन्ने अर्थ लाग्दैन । अद्र्धाङ्गिनीको रुपमा पतिप्रति समर्पित भइसकेपछि विवाहिता स्त्रीको उसको सारा जीवन एक व्रत नै हो । पति बाहेक कुनै परपुरुषको चिन्तन नगर्ने नारीलाई नै पतिव्रता नारी भनिन्छ । पतिप्रतिको वफादारिता, सेवाभाव, शुभचिन्तकीय कामना आदिको नवीकरण गर्ने दिनका रुपमा तीज जस्तो धार्मिक पर्वलाई लिनसके तीज पर्वको सार्थकता नष्ट हुने थिएन ।

     

    प्रकाशित : सोमबार, १ असोज २०८० , ०६:४९ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend