Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558
logo

बिहिबार, २५ भाद्र २०८३

बिहिबार, भाद्र २५ २०८३

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विवादित कालापानी क्षेत्रको भ्रमणप्रति नेपालको ध्यानाकर्षण

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विवादित कालापानी क्षेत्रको भ्रमणप्रति नेपालको ध्यानाकर्षण


  • शुक्रबार, असोज २६ २०८०
  • 767
    SHARES

      लोक सारथी

     

     

    भारतीय प्रम मोदीले नेपाली भूमिमा भ्रमण गर्दाका तस्वीरहरु आफ्नो व्यक्तिगत ट्वीटरमा पोस्ट गरेका छन् । मोदीले हिजो बिहान करिब ११ः२० को समयमा ट्वीट गरेका हुन् । उनको यो पोस्टलाई ३ मिलियन बढीले हेरेका छन् । चार वटा फोटाहरु ट्वीट गर्दै उनले लेखेका छन् : “Sharing some more glimpses from Parvati Kund.”  (पार्वती कुण्डका केहि झलकहरु सेयर गर्दै )

    नेपालको परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै बिहीबार बिहान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दार्चुलाको कालापानी क्षेत्रको विवादित सीमा क्षेत्र गुञ्जी भ्रमणको विषयमा ध्यानाकर्षण गराएको छ ।

    परराष्ट्र मन्त्रालयका प्रवक्ता सहसचिव सेवा लम्सालले यस विषयमा सक्रियताका साथ जानकारी खोजिरहेको बताए ।

    उनले कुनै देशका प्रधानमन्त्रीले अर्को राष्ट्रको भ्रमण गर्दा स्थापित प्रोटोकलहरूको पालना गर्नुपर्ने महत्त्वमा जोड दिए। लम्सालले भने, ‘एउटा देशका प्रधानमन्त्रीले अर्को देशको भ्रमण गर्दा उचित प्रोटोकल पालना गर्नुपर्छ, यो अवस्थाको विवरण राम्ररी बुझ्ने प्रयासमा छौं ।

    मोदीको पश्चिम नेपालको विवादित कालापानी क्षेत्रको गुञ्जी भ्रमणको विषय संघीय संसदमा पनि सांसदहरुले उठाएका थिए ।

    बिहीबार बिहान हेलिकप्टरबाट कालापानी क्षेत्रमा पुगेका भारतीय प्रधानमन्त्री मोदीले भारतको पिथौरागढ र गुञ्जीका स्थानीयवासीसँग भेटघाट गर्दै आदिकैलाश र पार्वतीकुण्डको भ्रमण गरेका छन् ।

    उनले भ्रमण गरेको क्षेत्र नेपाल–भारत सीमानामा रहेको उल्लेख गर्न जरुरी छ । सरकारले २०२० जेठमा सार्वजनिक गरेको परिमार्जित राजनीतिक नक्सामा लिम्पियाधुरा, कालापानी, गुञ्जी, नाबी, कुटीलगायत लिपुलेक क्षेत्र समेटिएको छ ।

    नेपालको चुच्चे नकसा भित्र पर्ने लिपुलेख लिम्पियाधुरा कालापानी अन्तरगरको गुन्जिमा भारतीय प्रम मोदीको भ्रमणले एक खालको तरङ्ग ल्याइ दिएको छ ।  नेपालको नक्सा भित्र पर्ने भूभागमा छिमेको राष्ट्रको प्रम बिना सुचना होइन आफ्नो भूभाग आफ्नो प्रान्त र आफ्ना जनतासंङ्ग मिल्ने उद्देश्य लिएर आएको जानाकारी प्राप्त भएको छ।

    यसरी छिमेकी राष्ट्रको भूभागमा बिना अनुमति भ्रमण गर्नु गैर कानुनी मात्र नभै दादागिरि र हेपाहा प्रवृत्ति हो। आफ्नै श्रीमतीलाई राम्रो हेरचाह गरेन भने श्रीमती या त पोइल जान्छ या डिभोर्स हुन्छ हो त्यस्तै गुन्जिमा पनि भएको छ नेपाल सरकारले वास्ता गरेन त्यहाका जनता भारतीय नगरिकता लिए उतै जागिर खाए उतैको गुणगान गाए र भारतिय आचरण अपनाउन थाले।

    त्यहा नेपाल सरकारले पुर्याउन नसकेको फेसिलिटिजहरु सबै भारतले पुर्याइदियो। नेपाल मूकदर्शक बनेर हेरिरह्यो। हो नेपाल ले एउटै काम गर्यो त्यो हो ति सबै क्षेत्रलाई समेटेर चुच्चे नक्सा बनाइदियो र खोक्रो राष्ट्रबाद छाटिरह्यो। दाबी गर्दैमा आफ्नो हुने भए सिंह दरबार मेरो हो भन्दिन्छु मैले, हुन्छ त मेरो? आफ्नोलाईइ आफ्नो बनाइ राख्न त्यहि अनुसारको निति तथा कार्यक्रम गर्नुपर्छ, त्यो नेपाल र नेताबाट भएन जस्को नजिता आज बिना सुचना अरुको जग्गालाई आफ्नो भन्दै छिमेकिले कब्जा गरेर संन्ख र घन्टि बजाइरहेछ। ए वीर गोर्खाली हो सक्छौ भने जाउ न तिम्ले पनि उस्को बजाइदेउ! मुटु दुख्दैन ? आफ्नो भूमिको छातीमा छिमेकी सेनाको बुट बजार्दा? समय छदै चेतना भया! !

     

    प्रकाशित : शुक्रबार, २६ असोज २०८० , ०९:४९ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend