Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

गणतन्त्र र शान्तिका लागि पत्रकारिता गर्न राष्ट्रपतिको आग्रह

गणतन्त्र र शान्तिका लागि पत्रकारिता गर्न राष्ट्रपतिको आग्रह


  • शनिबार, असोज २७ २०८०
  • 676
    SHARES

    राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली पत्रकारिता क्षेत्रले लोकतन्त्रको स्थापना र पुनस्र्थापनाका साथै आफ्नो पेशागत मूल्य र मान्यताप्रति जनतालाई जानकारी गराउन सक्रियता देखाएको बताए ।

    देश कठिन समयबाट गुज्रिरहेको बेला मिडियाले यस्तो भूमिका खेलेको उनले बताए ।

    राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार पत्रकारसँगको भेटमा उनले पत्रकारिता क्षेत्र लोकतन्त्रको आधारशिला भएको बताए ।

    “सत्यको खोजी र सत्य सम्प्रेषण गर्नु सञ्चारमाध्यमको मुख्य चुनौती हो । सूचनाको निष्पक्षतालाई कमजोर पार्ने र झुटा सूचनालाई प्रवर्द्धन गर्ने अस्वस्थ प्रतिस्पर्धा भएको छ । यसबाट देशलाई हुनसक्ने नोक्सानीप्रति सजग रहन सञ्चार क्षेत्रलाई आग्रह गर्दछु ।” राष्ट्रपतिले भने।

    पौडेलले मिहिनेतले कमाएको सङ्घीय, लोकतान्त्रिक र गणतन्त्रलाई सुदृढ गर्न, शान्ति, विकास, सुशासन र रुपान्तरणका लागि पत्रकारिता क्षेत्रले नयाँ समाचारलाई सही, सन्तुलित र जिम्मेवार ढङ्गले समाचार सम्प्रेषण गर्ने विश्वास व्यक्त गर्नुभयो ।

    प्रकाशित : शनिबार, २७ असोज २०८० , ०५:०५ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend