Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558
logo

शुक्रबार, २६ भाद्र २०८३

शुक्रबार, भाद्र २६ २०८३

महिलासँग एउटै कोठामा रोमान्स गरेको दृश्यसामग्री देखाएर महेश बस्नेतको चरित्र हत्या गर्ने को हो?

महिलासँग एउटै कोठामा रोमान्स गरेको दृश्यसामग्री देखाएर महेश बस्नेतको चरित्र हत्या गर्ने को हो?


  • बुधबार, कार्तिक २२ २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । केही दिनयता सामाजिक सञ्जालमा एक भिडिओ भाइरल भएको छ । बन्द कोठाको बेडमा खिचिएको उक्त भिडियोमा एक पुरुष र महिला देखिएका छन् । उनीहरू रोमान्टिक मुडमा छन् ।

    टिकटकमा भाइरल भएको उक्त भिडिओमा देखिएका पुरुष एमालेका युवा नेता तथा पूर्व मन्त्री महेश बस्नेत दाबी गरिएको छ । एमाले नेताको ‘रंग लीला’ भन्दै उक्त भिडियो सेयर गर्नेहरूको संख्या बढ्दै गएको छ ।

    भिडिओमा महिला टिकटक बनाइरहेका छन् भने महेश बस्नेत दाबी गरिएका पुरुष चाहिँ ओछ्यानमा पल्टेका छन् । छोटो भिडियोमा देखिएका पुरुषको अनुहार बस्नेतसँग मिल्दो देखिन्छ । महिलाले सेल्फी स्टाइलमा रेकर्ड गरिरहेको भिडियोको सुरुमा उक्त पुरुष पनि देखिन्छन् । तर, भिडियो रेकर्ड भइरहेको थाहा पाएपछि सिरकले अनुहार छोपेको देखिन्छ ।

    भिडियो भाइरल भएपछि बस्नेतले फेसबुकमार्फत केही व्यक्तिहरूको नाम तोकेर आफूलाई बदनाम गराउन एउटा गिरोह निरन्तर लागिरहेको र “एआई” प्रयोग गरेर एडिट भर्सनबाट फेक भिडियो बनाइएको प्रतिक्रिया दिएका छन् ।

    उनले लेखका छन्– ‘एमाले नेताहरू र विशेष गरी मलाईसमेत बदनाम गराउन एउटा गिरोह निरन्तर लागिरहेको छ । मनोज मानव भन्ने युटुवेले धेरै मान्छेको चरित्रहत्या गर्ने शृङखला चलाइरहेको छ । आर्टिफिसियल इन्टेलिजेन्ट (एआई) को प्रयोग गरेर एडिट भर्सनबाट फेक भिडियो जेनेरेट गरेर मेरो चरित्र हत्या गर्ने हर्कत गरेको छ ।’

    उनले फेसबुकमार्फत पार्टीका नेता कार्यकर्ता र शुभचिन्तकलाई भ्रममा नपर्न अनुरोध गर्दै यथार्थ सबै छिटो बाहिर आउनुका साथै अराजकतावादी र अपराधीहरुलाई कारबाहीकाे दायरामा ल्याइने समेत बताएका छन् ।

    उनले आफ्नाे चरित्र हत्या गर्नेलाई चाँडै कानूनी दायरामा ल्याएर आम नागरिकको अगाडि उभ्याउने बताएका छन् ।

    प्रकाशित : बुधबार, २२ कार्तिक २०८० , ०४:३१ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend