Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558
logo

शुक्रबार, २६ भाद्र २०८३

शुक्रबार, भाद्र २६ २०८३

रेशम चौधरीको कैद माफीविरुद्धको रिट न्यायाधीश रेग्मीको इजलासमा

रेशम चौधरीको कैद माफीविरुद्धको रिट न्यायाधीश रेग्मीको इजलासमा


  • शुक्रबार, मंसिर १ २०८०
  • 429
    SHARES

    काठमाडौं । कैलालीको टीकापुर घटनाका दोषी रेशम चौधरीलाई कैद माफी दिने निर्णयविरुद्धको रिट शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको छ ।

    उक्त रिट गएको कात्तिक २३ र २४ गते न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो । तिहार बिदापश्चात् अदालत खुलेपछि रिट न्यायाधीश रेग्मीको इजलासमा परेको हो ।

    रिटमा कैलाली जिल्ला कारागार, राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, कारागार व्यवस्था विभागसहितलाई विपक्षी बनाइएको छ ।

    टीकापुरमा हत्या गरिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदाले गएको जेठ १६ गते रिट दायर गरेकी थिइन् । सोही जेठ १५ गते चौधरीलाई कैद माफी दिइएको थियो । उक्त रिटमा न्यायाधीश राउतको इजलासले कारण देखाऊ आदेश जारी गरेको थियो ।

    नेपालगन्जका चेतन मानन्धरको हत्याका दोषी रिगल भनिने योगराज ढकाललाई आममाफी दिने निर्णय सर्वोच्चले उल्ट्याएको थियो । त्यसपछि कात्तिक २१ गते पुनः चौधरीको कैद माफीविरुद्ध रिट दायर गरिएको थियो ।

    कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलबाट टीकापुर हत्याकाण्डमा चौधरी दोषी ठहर भएका थिए । उनको पुनरवलोकन निवेदनमा सर्वोच्चले जेठ २ गते दोषी नै ठहर गरेको थियो । सर्वोच्चको फैसलाको पूर्णपाठ सार्वजनिक नहुँदै सरकारले चौधरीलाई कैद माफी दिएको थियो । उनी जेठ १६ गते जेलमुक्त भएका थिए ।

    प्रकाशित : शुक्रबार, १ मंसिर २०८० , १२:३६ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend