Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558
logo

शुक्रबार, २६ भाद्र २०८३

शुक्रबार, भाद्र २६ २०८३

काठमाडौंको बल्खु र तीनकुनेमा आज छुट्टाछुट्टै प्रदर्शन हुँदै

काठमाडौंको बल्खु र तीनकुनेमा आज छुट्टाछुट्टै प्रदर्शन हुँदै


  • बिहिबार, मंसिर ७ २०८०
  • 559
    SHARES

     

      लोक सारथी संवाददाता

    मंसिर ७, रुपन्देही  । काठमाडौंका दुई स्थानमा आज दुईवटा छुट्टाछुट्टै समूहले कार्यक्रम गर्दै छन् ।

    नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल र दुर्गा प्रसाईंको नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाँअभियान नेपालले आज छुट्टाछुट्टै कार्यक्रम गर्न लागेका हुन् । युवा संघको नेतृत्वमा काठमाडौंको तीनकुनेमा प्रदर्शन हुँदै छ ।

    दुर्गा प्रसाईंको नेतृत्वमा काठमाडौंको बल्खुमा प्रदर्शन हुँदै छ । विभिन्न ठाउँबाट जुलुस निकालेर कार्यक्रम स्थल पुग्ने दुवै पक्षले तयारी गरेका छन् । माइतीघर मण्डलादेखि नयाँबानेश्वरलगायत स्थानमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रदर्शन गर्न रोक लगाएपछि तीनकुने र बल्खुमा प्रदर्शन हुन लागेको हो ।

    आजको कार्यक्रमलाई राष्ट्रिय युवा संघले सरकार विरुद्धको आन्दोलन बताएको छ भने दुर्गा प्रसाईंले भुई मान्छेलाई समृद्ध बनाउन असफल भएको व्यवस्था परिवर्तनका लागि जनविद्रोहको संज्ञा दिएका छन् । शान्तिपूर्ण प्रदर्शनका क्रममा निषधााज्ञा जारी गर्दै पञ्चायती कालको व्यवस्था शैली अपनाउने सरकार र प्रदर्शनकारीहरुले संविधानले दिएको अधिकार संरक्षणको सवालमा कसरी एक अर्काप्रति व्यवहार गर्छन् भन्नका लागि निरन्तर निगरानी राख्ने र आजको कार्यक्रमको प्रतिवेदन आजै सार्वजनिक गर्ने घोषणा इन्सेक लगायतका मानवाधिकारकर्मीहरुले गरेका छन् ।

    राष्ट्रिय युवा संघ देशमा परिवर्तन ल्याउन असफल भएको पुरानो शैलीमा काम गर्ने उही राष्ट्रिय राजनीतिक दलको जत्था हो भने नागरिक बचाउ महाअभियान वित्तीय संस्थाहरुको ज्यादती विरुद्ध आम नागरिकलाई उनीहरुको अधिकार सुनिश्चित गर्ने  अर्काे नयाँ परीक्षण हो ।

    प्रकाशित : बिहिबार, ७ मंसिर २०८० , ०६:२५ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend