Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

दुर्गा प्रसाईं समर्थकको प्रदर्शन : बल्खुमा तोडफोड र ढुंगामुढा

दुर्गा प्रसाईं समर्थकको प्रदर्शन : बल्खुमा तोडफोड र ढुंगामुढा

  • बिहिबार, मंसिर ७ २०८०
  • 546
    SHARES

    काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौंको बल्खुमा आयोजना गर्न लागेको कार्यक्रममा सहभागीहरुले तोडफोड गरेका छन् ।

    उक्त झडपमा दुईजना घाइते भएका छन् । घाइते दुईजनालाई बयोधा अस्पतालमा लगिएको छ । रेडक्रसका स्वास्थ्यकर्मीहरुका अनुसार टाउकोमा सामान्य चोट लागेपछि उनीहरुलाई अस्प्ताल लगिएको हो ।

    बल्खु चोकमा प्रसाईंका समर्थकहरूले पार्किङ गरेर राखिएको मोटरसाइकलहरू लडाएका छन् । एमाले समर्थकहरुले प्रदर्शन बिथोल्न खोजेको भन्दै प्रसाईंका समर्थकहरूले त्यसो नगर्न चेतावनी दिएका छन् ।

    हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ, गणतन्त्रवादी होशियार, राजतन्त्र जिन्दाबादका नारा भन्दै बाजागाजासहित काठमाडौको विभिन्न ठाउँबाट रैली बल्खुतर्फ बढेको देखिएको छ । दुर्गा प्रसाईले आफूलाई राजावादी नभएको बताए तापनि बल्खु केन्द्रित प्रदर्शनमा अधिकांश राजावादीहरु रहेको बुझिएको छ ।

    दुर्गा प्रसाईं समर्थकको प्रदर्शन : बल्खुमा तोडफोड र ढुंगामुढा

    प्रकाशित : बिहिबार, ७ मंसिर २०८० , १२:३० बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend