Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558
logo

शनिबार, २७ भाद्र २०८३

शनिबार, भाद्र २७ २०८३

आजदेखि दुर्गा प्रसाई अघोषित नजरबन्दमा, समर्थकहरुलाई देख्न साथ पक्राउ गर्न सुरु

आजदेखि दुर्गा प्रसाई अघोषित नजरबन्दमा, समर्थकहरुलाई देख्न साथ पक्राउ गर्न सुरु


  • शुक्रबार, मंसिर ८ २०८०
  • 585
    SHARES

    काठ‍माडौं । नागरिक बचाऔं महाअभियानका नेता दुर्गा प्रसाईंलाई सरकारले अघोषित नजरबन्दमा राखेको छ। अहिले भक्तपुरस्थित उनको घर बाहिर ठूलो संख्यामा प्रहरी उपस्थित छ। घरबाट बाहिर निस्किए उनलाई गिरफ्तार गर्ने तयारीमा सरकार लागिपरेको हो।

    घरबाट निस्किन नदिई उनलाई नजरबन्दमा राख्ने वैकल्पिक योजनामा पनि सरकार रहेको प्रहरीले जानकारी दिएको छ।

    हिजो आन्दोलनको पहिलो दिनमा सरकारले नेपाली सेनालाई ‘स्ट्यान्ड बाइ’ राख्नुका साथै नेपाल प्रहरी र सशत्र प्रहरीलाई ठाउँठाउँमा खटाउँदै कठोर व्यवस्थापन गरे पनि प्रसाईं आन्दोलनको सफलतापछि आज व्यापक गरिरफ्तारीका साथ थप कारवाहीमा सरकार लागि परेको हो।

    प्रसाईं अभियानले आज तीनकुनेमा भेला भई विरोध कार्यक्रम गर्ने घोषणा गरेको थियो । तर काठमाडौं सिडिओ कार्यालयले त्यहाँ सभाका लागि अनुमति दिन अस्वीकार गरेको हो। तीनकुनेमा ४ जनाभन्दा बढी भेला हुन नपाईने आदेश जारी गरिएको छ ।

    यता आन्दोलनकारीहरूलाई देख्नेबित्तिकै प्रहरीले पक्राउ गर्न थालेको छ। यसै क्रममा शाही युवा शक्ति नेपालका केन्द्रिय अध्यक्ष पशुपति खडका, बाँके सँयोजक तेजनारायण कँडेल, विक्रम पाण्डे, महेन्द्रराज भण्डारी, आभास खडका, अनुप शाही लगायत २६ जनालाई प्रहरीले हिरासतमा लिएको जानकारी प्राप्त भएको छ ।

    प्रसाई समर्थकहरुले गणतान्त्रिक संघीय व्यवस्था पूर्णतया नफालेसम्म जनविद्रोह नरोकिन बनाउँदै आएका छन् ।

    प्रकाशित : शुक्रबार, ८ मंसिर २०८० , ०१:५९ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend