Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558
logo

शनिबार, २७ भाद्र २०८३

शनिबार, भाद्र २७ २०८३

राजनीतिक दल होइन हामीलाई विकसित देश चाहिएको छ: मेयर हर्क साम्पाङ्ग

राजनीतिक दल होइन हामीलाई विकसित देश चाहिएको छ: मेयर हर्क साम्पाङ्ग


  • शनिबार, मंसिर ९ २०८०
  • 533
    SHARES

      लोक सारथी संवाददाता

     

    मंसिर ९, रुपन्देही । लागु पदार्थ विरुद्धको अभियान कार्यक्रममा बोल्ने क्रममा धरानका मेयर हर्क साम्पाङ्गले नेपालमा राजनीतिक पार्टी नचाहिएको भन्दै तिनीहरुको औचित्य सकिएको आशय व्यक्त गरेका छन् । उनले भने
    हामीलाई पार्टी चाहिएको छैन, हामीलाई चाहिएको छ देश ।

    विकास भएको देश, सुशासन भएको देश, न्याय रहेको देश, हामी सबैको अधिकार रहेको देश चाहिएको छ । हाम्रा छोराछोरीहरुको भविष्य विग्रियोस् हामीले चाहेका होइनौं । यी छोराछोरीहरु देशको भविष्य हुन् । यिनै छोराछोरीहरुमध्ये कोही प्रधानमन्त्री बन्ने हो, यिनै मध्ये डाक्टर, इन्जिनियर बन्ने हुन् । कोही समाजसेवी, कोही, सांसद, कोही ठूला नेता बन्ने हुन् । यस्ता नानीबाबुहरुलाई जोगाउन अभियान चलाउनेपर्नेमा मेयर साम्पाङ्गले जोड दिए ।

    यतिबेला धरानमा लागु पदार्थ सेवनकर्ता र ओसारपसार गर्नेहरुको बिगबिगी छ ।

    ‘‘धरानभरीमा सबैभन्दा फुर्सदिलो मान्छे कोही छ भने त्यो म नै हुँ होला । उता ढुङ्गा फोडेको छु, पहाडको चुचुरा–चुचुरामा पुगेको छु, जनतासँग घुलमिल भएकै छु । जनताको लागि फुर्सदै छैन भन्ने नेता कस्तो नेता ?’’ सर्वसाधारणको समस्या समाधानका लागि समय नै नहुने व्यस्त नेताहरुका लागि व्यङ्ग्य हान्दै उनले भने ।

    प्रकाशित : शनिबार, ९ मंसिर २०८० , ११:२१ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend