Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

सार्वजनिक सम्पत्ति तोडफोड घटनाका आरोपित राप्रपाका १८ जना कार्यकर्ता विरुद्ध मुद्दा दर्ता

सार्वजनिक सम्पत्ति तोडफोड घटनाका आरोपित राप्रपाका १८ जना कार्यकर्ता विरुद्ध मुद्दा दर्ता


  • सोमबार, मंसिर ११ २०८०
  • 455
    SHARES

    कञ्चनपुर । भिमदत्त नगरपालिका–१८ महेन्द्रनगर बजारमास्थित भिम बाटिकामा अवस्थित सहिद भिमदत्त पन्तको सालिक तोडफोडमा संलग्न रहेको आरोपमा प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई जना महिला सहित १८ जना कार्यकर्ता विरुद्ध ०८० मङ्सिर १० गते जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरमा मुद्दा दर्ता गरेको छ ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरुले मङ्सिर ८ गते गणतन्त्रको विरोध गर्दै हिन्दु राज्य र राजा आऊ देश बचाउँको नारा लगाउदै महेन्द्रनगर बजारको भिम बाटिकामा रहेको भीमदत्त पन्तको शालिक तोडफोड गरेपछि तोडफोटामा संलग्न दुई महिला सहित १८ जनालाई गिरफ्तार गरी सार्वजनिक अपराध अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका एसपी कमल थापाले बताउनु भयो ।

    तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले  भिमदत्त नगरपालिका–१८ का ५० वर्षीया हेलेन श्रेष्ठ, सोहि ठाउँका ४५ वर्षीया लक्ष्मी मल्ल, २२ वर्षीय आकाश जोशी, ४२ वर्षीय शिसिर थापा, ४५ वर्षीय कृष्णबहादुर चन्द, भुपेन्द्रराज पन्त, २७ वर्षीय प्रेम रावल, भिमदत्त नगरपालिका–३ का ३३ वर्षीय निवोध चन्द, सोही ठाउँका ४१ वर्षीय कमलेशसिंह ठकुरी, भिमदत्त नगरपालिका–५ का २७ वर्षीय रमेश बाग, भिमदत्त नगरपालिका–४ का ४८ वर्षीय दिनेश श्रेष्ठ, भिमदत्त नगरपालिका–७ का २२ वर्षीय मोहितप्रसाद पन्त, भिमदत्त नगरपालिका–१९ का ३० वर्षीय उपदेश सिंह, कैलाली जिल्ला घोडाघोडी नगरपालिका–५ का ३० वर्षीय विराट विष्ट, घोडाघोडी नगरपालिका–६ का ३५ वर्षीय कमल चन्द, २६ वर्षीय नरेन्द्र कार्की, भमदत्त नगरपालिका–४ बसपार्कका २८ वर्षीय सुजल खड्का र कैलाली जिल्ला धनगढी उपमहानगरपालिका–४ का २३ वर्षीय विवेक चन्द ठकुरीलाई मङ्सिर ८ गत गिरफ्तार गरी उहाँहरुका विरुद्ध सार्वजनिक अपराध अन्तर्गत मुद्दा दर्ता गरिएको एसपी थापाले बताउनु भयो ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी, कञ्चनपुरको आयोजनामा मङ्सिर ८ गते संघीय लोकतान्त्रिक गणतन्त्र विरुद्ध विरोध प्रदर्शन गरिएको थियो भने प्रदर्शनका क्रममा आन्दोलनकारीहरुले भिम बाटिका भित्र राखिएको भिमदत्त पन्तको सालिक तोडपफोड गरेका थिए ।

     

    लिली कुँवर/इन्सेक

    प्रकाशित : सोमबार, ११ मंसिर २०८० , ०५:२६ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend