Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

इन्स्टाग्राम रील्स डाउनलोड गर्न सकिने, यसरी गर्नुहोस् डाउनलोड

इन्स्टाग्राम रील्स डाउनलोड गर्न सकिने, यसरी गर्नुहोस् डाउनलोड


  • आइतबार, माघ ७ २०८०
  • 819
    SHARES

    छोटो भिडियो तथा फोटो शेयरिंग प्लाटर्फम इन्स्टाग्रामले विश्वभरका सबै प्रयोगकर्ताका लागि रील्स डाउनलोड फिचर उपलब्ध गराउन सुरु गरेको छ । यो फिचरका माध्यमबाट प्रयोगकर्ताहरुले थर्ड पार्टी एप प्रयोग नगरकिनै रील्स डाउनलोड गर्न पाउनेछन् । इन्स्टाग्रामका प्रमुख एडम मोसेरीले आफ्नो प्रसारण च्यानलमा लेखेका छन्-अब तपाईंले कुनै पनि पब्लिक अकाउन्टको रील सेभ गर्न सक्नुहुन्छ । डाउनलोड भएको रीलमा त्यसको सर्जकको ह्याण्डलको वाटरमार्क देखिनेछ ।

    पाँच महिनाअघि कम्पनीले रील्स डाउनलोड गर्ने यो फिचर अमेरिकामा सुरु गरेको थियो । जुन अब नेपालसहित सबै मुलुकका प्रयोगकर्ताका लागि उपलब्ध हुनेछ ।

    एडम मोसेरीका अनुसार प्राइभेट अकाउन्टमा शेयर गरिएका रील्सलाई भने डाउनलोड गर्न सकिने छैन। त्यस्तै पब्लिक अकाउन्टवाला प्रयोगकर्ताहरुले पनि रील्स डाउनलोड गर्ने फिचरलाई अकाउन्ट सेटिंग्समार्फत् अफ गर्न सक्नेछन् ।

    यसबाट रील्स डाउनलोडको विकल्प निस्क्रिय हुनेछ ।

    यस्तो छ इन्स्टाग्राम रील्स डाउनलोड गर्ने विधि:

    • सबैभन्दा पहिले सम्बन्धित रीललाई खोल्नुहोस् जसलाई तपाईं डाउनलोड गर्न चाहनुहुन्छ
    • त्यसपछि एपको दायाँ भागमा रहेको शेयर आइकनमा ट्याप गर्नुहोस्
    • त्यसपछि ऋयउथ ीष्लप अप्सनको छेउँमा रहेको डाउनलोडको अप्सन देखिनेछ
    • डाउनलोड अप्सनमा ट्याप गरेर तपाईं रील्स डाउनलोड गर्न सक्नुहुन्छ

    हालसम्म प्रयोगकर्ताले इन्स्टाग्राममा रील्स डाउनलोड गर्नका लागि थर्ड पार्टी एप वा अन्य विभिन्न खाले उपाय अपनाउनु पर्दथ्यो । यसका अलावा प्रयोगकर्ताले रील्स डाउनलोड गर्नका लागि पहिले त्यसलाई आफ्नो स्टोरीमा सेट गर्नुपर्थ्यो र त्यसपछि मात्रै स्टोरी डाउनलोड गर्ने विकल्प उपलब्ध हुन्थ्यो ।

    प्रकाशित : आइतबार, ७ माघ २०८० , ११:०६ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend