logo

शुक्रबार, २६ भाद्र २०८३

शुक्रबार, भाद्र २६ २०८३

क्रान्तिकारीको चुनाव: मतपत्रमा पानी खन्याएपछि गणना स्थगित

क्रान्तिकारीको चुनाव: मतपत्रमा पानी खन्याएपछि गणना स्थगित


  • आइतबार, माघ १३ २०८१
  • 429
    SHARES

    काठमाडौं : नेकपा माओवादी केन्द्रको भ्रातृसंगठन अखिल क्रान्तिकारीको नयाँ नेतृत्व चयनको क्रममा मधेश प्रदेशमा विवाद उब्जिएको छ। शनिबार ९ स्थानमा भएको मतदानको गणना अघि बढिरहेको समयमा मधेश प्रदेशमा मतपत्रमा पानी खन्याइने घटना घटेको हो।

    मतगणनाका क्रममा मधेश प्रदेशको १५४ मतगणना भइसकेपछि चार मत कम पाइएको छ, जसको कारण विवाद उत्पन्न भएको हो। क्रान्तिकारीको अध्यक्ष पदका लागि विजय शर्मा सापकोटा र हेमन्त राईबीच कडा प्रतिस्पर्धा भएको थियो। सापकोटा पक्षधर विद्यार्थीहरूले मतपत्रमा पानी खन्याइदिएका छन्।

    अन्तिम परिणामअनुसार, विजय सापकोटाले हेमन्त राईलाई २३ मतको अग्रता दिएर लिड गरिरहेका छन्। विजयले ४५३ मत प्राप्त गरेका छन् भने हेमन्तले ४३० मत ल्याएका छन्।

    यसै बीच, उपदेश यादव तेस्रो र सुदीन पौडेल चौथो स्थानमा छन्। उपदेश यादवले सबैभन्दा बढी ६७ मत प्राप्त गरेका छन्।

    मधेश प्रदेशमा मतदानको प्रक्रिया चलिरहेको थियो, तर मतदानको परिणाममा बदर मत कस्ता मान्ने भन्ने विषयमा विवाद हुँदा मतगणना रोकिएको छ। विशेष प्रदेश र विश्वविद्यालय विशेष प्रदेशको मतगणना पनि विवादका कारण रोकिएको थियो।

    यसअघि, उमेर हद राख्ने कि नराख्ने विषयमा क्रान्तिकारीको सम्मेलन भाँडिएको थियो। पुस महिनामा भएको मतदानमा ३२ वर्षको उमेर हद लागू गर्ने पक्षमा बहुमत आएको थियो। यस निर्णय पछि ६ सय विद्यार्थी नेता क्रान्तिकारीबाट बाहिरिएका थिए।

    क्रान्तिकारीको अध्यक्ष पदका लागि हेमन्त राई, विजय शर्मा सापकोटा, सुदीन पौडेल र उपदेश यादवबीच कडा प्रतिस्पर्धा चलिरहेको छ। यी सबैका उम्मेदवारलाई माओवादी नेताहरूको समर्थन रहेको छ।

    प्रकाशित : आइतबार, १३ माघ २०८१ , ०७:४७ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend