logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

अध्यक्ष प्रचण्ड तेह्रथुममा, संग्रहालय अवलोकन र आठराई जाने तयारी

अध्यक्ष प्रचण्ड तेह्रथुममा, संग्रहालय अवलोकन र आठराई जाने तयारी


  • सोमबार, माघ १४ २०८१
  • 416
    SHARES

     लोकसारथि, माघ १४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेह्रथुम पुगेका छन्। सोमबार बिहान माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’लाई साथमा लिएर उनी हेलिकोप्टरमार्फत तेह्रथुम पुगेका हुन्।

    तेह्रथुम पुगेपछि अध्यक्ष प्रचण्डले लालीगुराँस-२ मा अवस्थित चो:लुङ पार्क तथा संग्रहालयको अवलोकन गरेका छन्। संग्रहालय अवलोकनपछि उनी प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मथलो आठराई जाने कार्यक्रम रहेको छ।

    प्रचण्ड आज र भोलि दुई दिनसम्म तेह्रथुमका विभिन्न स्थानमा आयोजना हुने कार्यक्रममा सहभागी हुने बताइएको छ।

    प्रकाशित : सोमबार, १४ माघ २०८१ , ०६:११ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend