logo

शुक्रबार, २६ भाद्र २०८३

शुक्रबार, भाद्र २६ २०८३

बागमती प्रदेश सभाको बैठक आह्वान

बागमती प्रदेश सभाको बैठक आह्वान


  • बुधबार, माघ १६ २०८१
  • 351
    SHARES

    मकवानपु- बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बागमती प्रदेश मन्त्रिपरिषदबाट सिफारिस भई आएअनुसार प्रदेश सभाको हिउँदे अधिवेशनको बैठक यही माघ १८ गते बिहान ११ बजे बस्ने गरी आह्वान गरेका छन्।  

    यही माघ ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले माघ १८ गते बस्ने गरी हिउँदे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णयअनुसार प्रदेश प्रमुख देवकोटाले बैठक आह्वान गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए। 


    प्रदेश प्रमुखले बैठक आह्वान गरेको सूचनाको पत्र प्रदेश सभा सचिवालयमा आजै अपराह्नमा दर्ता गरिएको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए।

    मन्त्रिपरिषद्को सिफारिसबमोजिम गत असोज १० गतेबाट वर्षे अधिवेशन अन्त्य गरिएको थियो।

    प्रकाशित : बुधबार, १६ माघ २०८१ , ०२:३५ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend